नागरिक रैबार/बाजुरा ३ चैत्र। सुदूर तथा मध्यपश्चिममा व्याप्त रहेको छाउपडी प्रथा तथा जातीय छुवाछुतबारे चेलिको बेदना नामक छोटो फिल्म सार्वजनिक भएकाे छ ।
हिमाली जिल्लाको रुपमा चिनिएको बाजुरामा छाउपडी प्रथा र यसको कारण चेलिबेटीमा पर्न गएको शारिरीक, मनोबैज्ञानिक, सामाजिक तथा सांस्कृतिक पीडाहरुको उजार गर्नका लागि छाेटो फिल्म तयार पारिएको राजेश पायलले बताएका छन् ।
छाउ अर्थात महिनावारी हुँदा महिलाहरुले भोग्नु परेको पीडालाई फिल्ममा देखाउन खोजिएको छ । साथै हलिया र खलिया प्रथाको वास्तविकताको बारेमा छर्लङ्ग पारेका छन । गाउँकी चेलीको बेदना नाम दिइएको उक्त फिल्मको परिकल्पना तथा निर्देश राजेश पायलले गरेका छन भने कथा लेखन प्रेम नेपालीले गरेका छन ।
धनबहादुर बिसीले छायांकन गरेको फिल्मको सम्पादन तपेश जोनले गरेका छन । फिल्ममा सिर्जना विक, राजेश पायल, बिनोद बिक,प्रेम नेपाली,रंगलाल उखेठा राम नेपाली र बाल कलाकार मुकेश नेपालीले अभिनय गरेका छन ।
फिल्मकाे छायांकन बाजुरा जिल्लाको सदरमुकाम मार्तडीस्थित बाहुलीमा गरिएकाे फिल्मका निर्देशक राजेश पायलले बताएका छन । विभिन्न म्युजिक भिडियाेमा अभिनय गर्दै आएका राजेशले पहिलाे पटक जातीय छुवाछुत सहितकाे फिल्म निर्माण गरेकाे बताए ।
https://www.youtube.com/watch?v=x8gGdRdJwAw&feature=emb_logo
फेसबुक प्रतिक्रियाहरु