काठमाडौँ। अभिनेत्री रिश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिएकी छन् । शुक्रवार पोखरामा प्रेमी सन्दिप गुरुङसँग लगनगाँठो कसेकी हुन् ।
विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । चलचित्रकर्मी कोही उपस्थित भएका थिएनन् ।
रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी’ मा अभिनय गरेपछि चर्चामा आएकी उनी पछिल्लो पटक ‘कबड्डी’ को तेस्रो पार्टमा देखिएकी थिइन् ।
रिश्माले ‘कबड्डी’ को दुई सिरिजमा प्रमुख भूमिका निर्वाहा गरेकी थिइन् । ‘कबड्डी’ को तेस्रो सिरिजमा भने उनको सानो भूमिका थियो ।
उनको ठाउँमा निर्देशक रामबाबु गुरुङले अभिनेत्री उपासना सिंह ठकुरीलाई सोल्टिनीको भूमिकामा प्रस्तुत गरेका थिए ।
‘कबड्डी’ पछि रिश्माले ‘झुम्की’ नामक चलचित्रमा अभिनय गरेकी थिइन् । उनले केही गुरुङ चलचित्रमा पनि अभिनय गरेकी छन् ।
फेसबुक प्रतिक्रियाहरु