होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • जटिलता गर्भपतनको
स्वास्थ्य-जीवनशैली

जटिलता गर्भपतनको

  • नागरिक रैबार
जटिलता गर्भपतनको

निश्चित अवधीभित्रको गर्भपतनलाई कानुनी मान्यता दिइएको छ । गर्भ रहँदा पर्नसक्ने संभावित जटिलतालाई हेरेर यस्तो व्यवस्था गरिएको हो ।

अहिले गर्भपतनका केही विकल्प छन् । त्यसमध्ये आफुलाई अनुकुल विधी अपनाउन सकिन्छ । तर, जथाभावी वा हतारमा गरिने गर्भपतन जोखिमको कारण बन्न सक्छ ।

सन्तानको रहर पुगेपछि वा सन्तानको योजना बनाउनु अघि नै रहने गर्भले खुसी भन्दा बढी तनाव दिन्छ । त्यस्तै अविवाहित अवस्थामा विभिन्न त्रुटीवस् रहने गर्भले पनि थप समस्या निम्त्याउँछ । त्यसैले यस्तो अवस्थामा गर्भपतन एकमात्र उचित विकल्प हुनपुग्छ ।

विज्ञापन

तर, अज्ञानताका कारण वा लापरवाहीका कारण कतिपय गर्भपतन मृत्युमा बद्लन सक्छ । अर्थात असुरक्षित र अव्यवस्थित गर्भपतनले मृत्युको जोखिम बढाइदिन्छ ।

त्यसो त गर्भपतन आफैमा एक सुरक्षित र उपयुक्त विधी होइन । यो एक अन्तिम विकल्प हो । सुरक्षित र संयमित यौन सम्बन्ध पहिलो सर्त हो । यसका लागि पनि कन्डोम लगायत अस्थायी साधनहरु बढी उपयोगी हुन्छ । अनिच्छित गर्भ रोक्नका लागि यस्ता थुप्रै विधी छन् । यद्यपि बेलाबखत गर्भ रहने आशंका रहन्छ । यस्तो बेला आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गरेर सुरक्षित रहन सकिन्छ । त्यसपछिको विकल्प मात्र हो, गर्भपतन ।

तर केही यस्ता परिस्थिती पनि छन्, जसमा महिलाले विना कुनै अवरोध गर्भपतन गराउन सक्छन् ।

–युवती अथवा महिला जर्बजस्ती कुनै यौन शोषणको शिकार भएकै कारण बच्चालाई जन्म दिन नचाहेमा

– गर्भका कारण महिलाको मानसिक वा शारीरीक स्वास्थ्यमा विपरित असर परेमा

–गर्भमा रहेको शिशु विकलांग भएमा पनि गर्भवती महिलाले विना रोकटोक सुरक्षित गर्भपतन गराउन सक्छ । जसलाई चिकित्सकीय भाषामा मेडिकल टर्मिनेशन अफ प्रेग्नेन्सी (एमटीपी) भनिन्छ ।

मेडिकल टर्मिनेशन अफ प्रेग्नेन्सी (एमटीपी)

यो प्रक्रिया अन्तर्गत चिकित्सकहरुको रेखदेखमा गर्भपतन हुने गर्छ । गर्भपतन सबै चिकित्सकले गर्न सक्दैनन् । अनुभवी गाइनाकोलोजिस्ट वा एमटीपी सम्बन्धि तालिम लिएका चिकित्सकहरुले मात्र सुरक्षित गर्भपतन गराउन सक्छन् ।

चिकित्सकको रेखदेखमा गर्भपतन दुई तरीकाले गर्न सकिन्छ ।

गर्भपतन गर्ने औषधि

गर्भ कति साताको छ भन्ने कुराको आधारमा औषधिबाट गर्भपतन हुने गर्छ । गर्भ छ देखि आठ साताको बीचमा छ भने यसलाई औषधीद्धारा पनि हटाउन सकिन्छ । तर त्यसको लागि अल्ट्रासाउण्ड जरुरी छ । एमटीपी औषधी चिकित्सकको सल्लाह अनुसार नै दिइने गरिन्छ । यो औषधिले गर्भासयबाट गर्भलाई बाहिर निकाल्छ ।

यसको लागि चिकित्किहरुले औषधि कति समयको अन्तरालमा लिनु पर्छ भन्ने गर्छन् । किनकी हाम्रो सानो लापरवाहीले औषधिको पूरा डोजलाई असर गर्न सक्छ । र, औषधि खाँदैमा मात्र पनि काम सकिदैन । बरु चिकित्सकहरु पछिल्लो अवस्था बुझन्का लागि गर्भपतन गरेको महिलालाई १५ दिन पश्चात्त अल्ट्रासाउण्डका लागि बोलाउने गर्छन् । र, अल्ट्रासाउण्डका क्रममा पाठेघरमा कुनै पदार्थ बाकी रहेको फेला परेमा अघिल्लो प्रक्रिया दोह¥याइन्छ र त्यसलाई शल्यक्रिया बाहिर निकाल्ने गरिन्छ ।

शल्यक्रियामा

शल्यक्रियाबाट गर्भपतन गराउँदा महिलालाई बेहोश पारिन्छ । आठ साता भन्दा बढीको गर्भ रहेमा चिकित्सकहरुद्वारा शल्यक्रियामार्फत गर्भपतन गरिन्छ । किनकी आठ साता पश्चात्त औषधिले खासै असर गर्दैन ।

चिकित्सकसँग गर्भवतन गराउनु किन फाइदाजनक ?

केमिस्टहरुलाई भित्री स्वास्थ्यबारे जानकारी नहुने हुदाँ जटिलता उत्पन्न हुनसक्छ । त्यसैले, गर्भपतनका लागि केमिस्टबाट औषधी लिनु हानीकारक हुनसक्छ । यसकै कारण ज्यान समेत जोखिममा पर्न सक्छ । कहिलेकाही अत्याधिक रक्तश्रावका कारण अवस्था नियन्त्रण भन्दा बाहिर हुनसक्छ । त्यसैले, गर्भपतन गराउँदा चिकित्सकको सल्लाह विना औषधी सेवन गर्नु स्वास्थ्यका लागि हानीकारक हुनसक्छ ।

विशेषगरी, आज्मा तथा रक्तअल्पताका विरामीहरुको हकमा चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गरेपछि मात्र औषधी दिनु सही हुन्छ कि हुँदैन बताउने गर्छन् । यहाँ सम्मकी शल्यक्रियाका क्रममा कन्सल्र्ट फर्म समेत भराइने गर्छ, जसमा यसको जटिलताबारे सम्पूर्ण जानकारी दिइने गरिन्छ । साथमा शल्यक्रिया गरेको कति दिन पश्चात्त चिकित्सकलाई देखाउनु पर्छ, त्यो पनि भन्ने गरिन्छ । यसले स्वास्थ्य सुरक्षित राख्न मद्दत गर्छ ।

गर्भपतन पश्चात्त के के सावधानी अपनाउनु पर्छ ?

–गर्भपतन पश्चात्त केही समयका लागि भारी वस्तु उठाउने, निहुरिने गर्नु हुँदैन ।

–मादक पदार्थको सेवन गर्नु हुँदैन ।

–यो समयमा लामो समय भोकै बस्दा स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने हुदाँ डाइटिङ्ग नगर्ने ।

–तुरुन्तै शारीरिक सम्पर्क गर्दा तुरुन्तै गर्भ वस्ने सम्भावना हुन सक्छ । त्यसैले, गर्भपतन पश्चात्त शारीरिक सम्पर्क गर्नु भन्दा आफूलाई केही समय दिनु उचित हुन्छ ।

–यस्तो समयमा जति पौष्टिक तत्वयुक्त खाना खान सकियो, त्यति नै शरीर फिट रहने गर्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार