होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जे सम्भव छ, त्यही माध्यमबाट पढौं : प्रधानमन्त्री
समाचार

जे सम्भव छ, त्यही माध्यमबाट पढौं : प्रधानमन्त्री

  • नागरिक रैबार
जे सम्भव छ, त्यही माध्यमबाट पढौं : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाइसम्बन्धी अभियानको सुरुवातको अवसरमा शुभकामना सन्देश दिँदै सबैलाई यसमा सहभागी हुन आग्रह गरेका छन् ।

उनले विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई स्थानीय स्तरमा जुन विधि सम्भव छ, त्यही माध्यमबाट पठनपाठन गर्न गराउन आह्वान गरेका छन् । अनलाइन, अफलाइन, टेलिभिजन, रेडियो र स्वअध्ययन सामग्रीको प्रयोग गरेर सिकाइ क्रियाकलापमा सहभागी हुन सकिने उनले जनाए । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सोमबारदेखि रेडियो र टेलिभिजनबाट वैकल्पिक कक्षा सञ्चालन थालेको छ । प्रधानमन्त्रीले ती कक्षामा सहभागी हुन आग्रह गरेका हुन् । ‘शैक्षिक सत्र प्रभावित हुन नदिन र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सरकारले वैकिल्पक कक्षा सञ्चालन गरेको हो,’ उनले भने ।

सरकारले कोरोना भाइरसको जोखिम आकलन गरी यथासम्वभ छिटो विद्यालयहरु पुन: सञ्चालन गर्ने समेत उनले बताए । वैकल्पिक कक्षाले विद्यार्थीको ज्ञानमा महत्वपूर्ण योगदान गर्ने प्रधानमन्त्रीले बताए । वैकल्पिक कक्षाका लागि आवश्यक सामग्री शिक्षा मन्त्रालयले व्यवस्थापन गर्ने प्रधानमन्त्री ओलीले जनाए ।

प्रधानमन्त्री ओलीले बालबालिकालाई सहयोग गर्न शिक्षक, अभिभावक र स्वयसेवकलाई अपिल समेत गरे । ‘वैकल्पिक शिक्षामा जोडिएका बालबालिका भोलिका कर्णाधार हुन्,’ विद्यार्थी, अभिभावकलाई निराश नहुन आग्रह गर्दै उनले भनेका छन्, ‘शैक्षिक प्रणाली परिमार्जन गर्ने अवसर आएको छ ।, यो प्रविधिलाई घरघरमा पुर्‍याउने अवसर पनि हो ।’ प्रधानमन्त्रीले वैकल्पिक कक्षामा सहभागी देशभरका ६० लाख विद्यार्थीको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गरे ।

घरघरमै सिकौं : शिक्षामन्त्री

त्यस्तै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले होमस्कुलिङको अवधारणा अघि बढाएको जानकारी दिए । उनले पनि यस अवसरमा शुभकामना सन्देश दिएका हुन् । छापा र प्रविधिका सामग्री प्रयोग गरेर स्व:सिकाइबाट होमस्कुलिङ गर्न सकिने उनले जनाए । शिक्षा मन्त्रालयले गत जेठ १८ गते वैकल्पिक विधि सिकाइ निर्देशिका जारी गरिसकेको छ । उनले भने, ‘अनौपचारिक, वैकल्पिक, खुला र दूरशिक्षाको पद्धतिबाट सिकाइलाई निरन्तरता दिन घरलाई नै शिक्षालय बनाउन सकिन्छ ।’ मन्त्रालयले रेडियो पाठशाला, टेलिभिजन कक्षा सुरु गरेको उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
Breaking News
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि