होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • त्रिवेणी
  • बाजुराबाट ३ हजार बढीले एसईई परिक्षा दिदै
त्रिवेणी

बाजुराबाट ३ हजार बढीले एसईई परिक्षा दिदै

एसईई परिक्षाको तयारी पुरा

  • नागरिक रैबार
बाजुराबाट ३ हजार बढीले एसईई परिक्षा दिदै
साँकेतिक तस्वीर

नागरिक रैबार/बाजुरा २ चैत्र। चैत ६ गतेदेखि सुरु हुने एसईई परिक्षाको तयारी पुरा भएको छ । जिल्लामा यो वर्ष एसईई परिक्षामा सामुदायिक र निजि विद्यालयका नियमित र ग्रेड वृद्धि गरी ३ हजार ३ सय ८२ जना विद्यार्थीहरु परिक्षा दिने भएका छन् ।

यस वर्षको एसईई परिक्षामा १५ वटा परीक्षा केन्द्रहरु तोकिएका छन् । तोकीएका सवै परिक्षा केन्द्रमा प्रश्नपत्र, उत्तरपुस्तिका, केन्द्राध्यक्षको टुंगो लगायत अन्य आवश्यक सामग्रीहरु पठाइसकेको शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्रमुख गोपाल दत्त जोशीले बताएका छन् ।

१५ वटै परिक्षा केन्द्रमा परिक्षामा सहभागी हुने विद्यार्थीहरुको सुरक्षाका लागि आवश्यक सुरक्षाको पनि व्यवस्था गरिसकिएको प्रमुख जोशीको भनाई छ । सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माद्यमिक विद्यालयको परिक्षा केन्द्रमा ४ सय ६५ जना ग्रेडवृद्धिका विद्यार्थीहरुले परिक्षा दिने व्यवस्था गरिएको छ । यस वर्षको एसईई परिक्षामा बाजुराबाट छात्रा १ हजार ४ सय ७१ जना छन भने छात्र १ हजार ४ सय ४६ जनाले परिक्षामा परिक्षा दिने भएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार