होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • भारतबाट आएका ८० भन्दा बढी नागरिक गौरीफन्टा नाकामा अलपत्र
देश/प्रदेश

भारतबाट आएका ८० भन्दा बढी नागरिक गौरीफन्टा नाकामा अलपत्र

  • नागरिक रैबार
भारतबाट आएका ८० भन्दा बढी नागरिक गौरीफन्टा नाकामा अलपत्र

धनगढी : भारतबाट आएका ८० जना भन्दा बढी नागरिक कैलालीको गौरीफन्टा नाकामा अलपत्र परेका छन्। भारतको मुम्बईबाट ट्रकबुकिङ गरेर लुहाघाट पुगेकालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर रातारात गौरीफन्टा नाकामा पु¥याएपछि उनीहरु अलपत्र परेका हुन।

ती अलपत्र परेकाहरु बैतडीका रहेको बताइएको छ। बैतडीको मैलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका गरि करिब ७०÷८० जना नागरिकहरू नाकामा अलपत्र परेका मेलौली नगरपालिका –७ का वडाअध्यक्ष राजेन्द्र सिंह कार्कीले जानकारी दिए।

भारतमा मजदुरी गर्दै दैनिकी चलाइरहेका उनीहरू लकडाउन लम्बिएसँगै कामबाट निकालिएपछि भारतमा अलपत्र परेका थिए। लकडाउन थपिँदै जाँदा काम गर्ने ठाउँबाट निकालिएपछि ट्रक बुकिङ गरेर आएको मेलौली नगरपालिका –७ का चन्नरीसिंह कार्कीले बताए।

विज्ञापन

ट्रक बुकिङ गरे लुहाघाट पुगे पनि प्रहरीले नियन्त्रणमा लिएर रातारात कैलालीको गौरीफन्टा नाकामा लिएर छोडेको उनको भनाई छ। ४ वटा ट्रक बुकिङ गरेर भारतको लुहाघाट पुगेको उनीहरूले बताएका छन्।

आफूहरू अलपत्र रहेको भए पनि उद्धार गर्ने निकाय बेखबर बनेको मेलौली नगरपालिका –७ कै अर्का मजदुर प्रकाशसिंह रावतले गुनासो गरे। उद्धार गरेर नेपाल र्पुयाए आफूहरु क्वारेन्टाइनमा बस्न तयार रहेको उनले बताए।
मेलौली नगरपालिकाका मेयर कृष्णसिंह नायकले उनीहरूको उद्धारका लागि प्रमुख जिल्ला अधिकारीले पहल गर्ने आश्वासन दिएको बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार