होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • भारतको पलियामा बैतडीको शिवनाथका ५१ जना अलपत्र, उद्दार गरिदिन माग
पत्रपत्रिका

भारतको पलियामा बैतडीको शिवनाथका ५१ जना अलपत्र, उद्दार गरिदिन माग

  • नागरिक रैबार
भारतको पलियामा बैतडीको शिवनाथका ५१ जना अलपत्र, उद्दार गरिदिन माग

धनगढी : भारतको पलियामा बैतडीको शिवनाथका ५१ जना मजदुर अलपत्र परेका छन्। शिवनाथ गाउँपालिका घर भई भारतको मुम्बई, महाराष्ट्र, मानपडा लगायतका ठाउँमा मजदुरी गर्र्दै आएका उनीहरु पलियामा अलपत्र परेको भारतमै रहेका नरेन्द्र चन्दले बताए।

भारतमा लकडाउन भएपछि मजदुरी गुमाएका उनीहरु ट्रक मार्फत पलिया सम्म पुगेपनि सीमा नाका बन्द भएका कारण अलपत्र परेको चन्दले बताए।  यता शिवनाथ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसँग सीमामा अलपत्र परेका आफ्ना नागरिकको उद्दार गरिदिन माग गरेको छ।

गाउँपालिकाले आज प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै उनीहरुको स्वास्थ्य परीक्षण गरी स्वदेश क्वान्टाईनमा राख्ने गरी नेपाल भित्र्याउन आवश्यक समन्वय र पहल गरिदिन माग गरेको हो। भारत स्थित पलियाको क्वारेन्टाईनमा विगत डेढ महिनादेखि बैतडी सहित अन्य जिल्लाका सयौँ नेपालीलाई राखिएको छ।

विज्ञापन

उनीहरुले नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै आएका छन् तर सीमा नाका बन्द भएका कारण उतै अलपत्र परेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीले माथिबाट कुनै निर्देशन प्राप्त नहुँदा समस्या भएको जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार