होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिकामा २ दिने सार्वजनिक जवाफदेहियता सम्वन्धी गोष्ठी सम्पन्न
Breaking News

बडीमालिकामा २ दिने सार्वजनिक जवाफदेहियता सम्वन्धी गोष्ठी सम्पन्न

  • नागरिक रैबार
बडीमालिकामा २ दिने सार्वजनिक जवाफदेहियता सम्वन्धी गोष्ठी सम्पन्न

नागरिक रैबार/बाजुरा २८ मंसिर। स्थानीय सरकारका कामकारवाहीहरू जनतामूखी र जवाफदेही बनाउनका लागि बडीमालिका नगरपालिकाको आयोजना र GIZ नेपालको सहयोगमा मंसिर २५ र २६ गते गरी २ दिने गोष्ठी सम्पन्न भएको छ ।

नगर प्रमुख बडुवालको अध्यक्षतामा सन्चालित कार्यक्रममा नगर उप प्रमुख कविता बिष्ट, ९ वटै वडाका वडाध्यक्ष, नगरपालिका सवै शाखाका शाखा प्रमुखहरू, नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह, नागरिक समाजका प्रतिनिधी गरी ३५ जनाको सहभागिता रहेको थियो ।

सार्वजनिक जवाफदेहियताका विषयमा GIZ को तर्फबाट विग्य हेमराज लामिछाने र विष्णु प्रसाद नेपालले सहजीकरण गर्नु भएको थियो ।

विज्ञापन

नगरपालिकाबाट सम्पादन गरेका कामहरू जनताप्रती जवाफदेही रहनु पर्ने, हरेक सार्वजनिक सवालका विषयमा नियमानुसार सवैलाई जानकारी गराउनु पर्ने लगायतका विषय निकै महत्वपूर्ण र अनिवार्य रहेकोले उपभोक्ता समितिदेखि नगरसभासम्म पालना गर्न नगर प्रमुखले आव्हान गरे ।

हामी जनप्रतिनिधी जनताप्रती, कर्मचारी कानूनप्रती जिम्मेवार रहनु पर्दछ । २ दिनसम्म चलेको कार्यक्रमको सन्चालन नगरपालिकाका प्रशासन सहायक वीरबहादुर विष्टले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै