होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वामीकार्तिक
  • अनेरास्ववीयु र युवा संघले बुझायो निमित्त प्रजिअलाई ध्यानाकर्षण पत्र
स्वामीकार्तिक

अनेरास्ववीयु र युवा संघले बुझायो निमित्त प्रजिअलाई ध्यानाकर्षण पत्र

  • नागरिक रैबार
अनेरास्ववीयु र युवा संघले बुझायो निमित्त प्रजिअलाई ध्यानाकर्षण पत्र

प्रकाश विक, बाजुरा २८ कार्तिक अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपाल बाजुराले साँफे मार्तडी सडकको स्तरोन्नति संगै जडाङ्गाको बेलिवृज निर्माण प्रक्रिया अगाडि बढाउन पर्ने भन्दै बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
शुक्रबार अनेरास्ववीयुका संयोजक राजिव रोकाया र राष्ट्रिय युवा संघ नेपालका संयोजक सन्तोष विकद्धारा हस्ताक्षरित ध्यानकर्षण पत्र सहित विभिन्न माग राख्दै सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

साफेँ–मार्तडी सडक खण्ड अन्तरगत बल्दे द्धावारी सडक हाल सम्म पनि स्त्तोरउन्नती नभएकोले स्तरउन्नती गरिनु पर्ने त्यस्तै बुढिगंगा नदि अन्तरगत जडाङगा क्षेत्रमा निर्माण गर्ने भनिएको बेलीबृज हालसम्म पनी निर्माण नभएकोले निर्माण कार्य तत्काल अगाडी बढाउन अनुरोध गर्दै निर्माण नहोउन्जेलसम्म नदिमा होम पाईपको ब्यबस्था गरि मार्तडीसम्म तत्काल गाडी संचालनका लागि माग गर्दछौ ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।

No description available.

विज्ञापन

त्यस्तै जिल्लाको मार्तडी– कोल्टी, मार्तडी–घटमुना, कोल्टी– कवाडी ,पिलुचौर– गोत्री, मौरे– छतारा ग्रामिण सडकहरुको मर्मत गरि सहजरुपमा गाडी संचालनका लागि पहल गरिनु पर्ने माग युवा संघ र अनेरास्वीयुले गरेको छ । जिल्ला प्रशासन कार्यालय र बडिमालिका नगरपालिकाको बिचमा पर्ने जिल्लाको एक मात्र खुलामञ्च हाल बिभिन्न बाहानामा जनप्रतिनिधी र ठेकेदारहरुले ब्यक्तीगत रुपमा प्रयोग गरिराखेकाले सार्बजनिक सम्पतीको दुरुपयोग नगराउन र तत्काल खुला मञ्च खालि गराउनु पर्ने माग गरिएको छ ।

मार्तडी बजार क्षेत्र भित्रको बिस्तार गरिएको सडकको छेउछाउमा ब्यक्तीगत रुपमा गिट्टी बालुवा सरिया लागयतका साम्रगी राखेर सडक अबरुद्ध गरेकाले तत्काल हटाई नागरिकलाई सहजरुपमा आवत जावत र सडक सुचारु गर्नका लागि माग गरेको छ । त्यस्तै कोरोना भाईरस कोभिड १९ को बहानामा बितरण गरिने राहत साम्रगी बिभिन्न बहानामा बिभिन्न निकायले बितरण गर्दै आएकोमा जिल्लाको एकद्धार प्रणालीबाट राहत साम्रगी बितरण गर्न गराउन जोडदार माग राखेको छ ।

दशै तिहार लागायतका चाडपर्बहरुको मौका पारी जिल्लाका बिभिन्न बजारहरुमा भएको कालो बजारी तथा महगी नियन्त्रणका लागि यथासिघ्र पहल तथा अनुगमनका पनि गर्न माग गरेको छ । जिल्लाको बिकास निर्माण र कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय युवा संघ बाजुरा र अनेरास्वबियू जिल्ला कमिटि बाजुरा निरन्तर लागि रहेको ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीलाई ध्यानकर्षण पत्र बुझाउन अनेरास्ववीयुका बाजुरा संयोजक राजिव रोकाया, राष्ट्रिय युवा संघका बाजुरा संयोजक सन्तोष बिक, नेकपा बाजुरा जिल्ला कमिटी सदस्य नरेश रोकाया, स्ववीयु सभापति चेदनदिप अयडी लगायत युवा र विद्यार्थीको सहभागिता रहेको थियो ।

अनेरास्ववीयु र युवा संघ बाजुराले दिएको ध्यानकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले ध्यानकर्षण पत्रमा उल्लेख भएका मागहरुको समाधान गर्ने बताएका थिए ।

No description available.

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै