होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • युटुबमा पनि ब्लकबस्टर ‘ए मेरो हजुर ३’
मनोरञ्जन

युटुबमा पनि ब्लकबस्टर ‘ए मेरो हजुर ३’

  • नागरिक रैबार
युटुबमा पनि ब्लकबस्टर ‘ए मेरो हजुर ३’

एक साता अगाडि युटुबमा रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’ले दर्शकको उल्लेख्य साथ पाएको छ । यो चलचित्रले युटुबमा ७४ लाख भन्दा बढी भ्यूज पाएको छ । विगत ८ दिनदेखि यो चलचित्र युटुबको शिर्ष स्थानमा छ ।

चलचित्रलाई २ लाख ६२ हजार दर्शकले लाइक गरेका छन् । चलचित्रका लागि १७ हजार भन्दा बढी प्रतिक्रिया पनि आएका छन् ।

 

विज्ञापन

हलमा ८ करोड माथिको ग्रस कलेक्शन गरेको यो चलचित्रले युटुबमा पनि दर्शकको उल्लेख्य साथ पाएपछि यसको निर्माणपक्ष उत्साहित देखिएको छ । नायक अनमोल केसी, नायिका सुहाना थापा र कलाकार सलोन बस्नेतको मुख्य भूमिका रहेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

यो चलचित्रलाई एक सातासम्म हरेक दिन १० लाख दर्शकले हेरेका छन् । ९ घन्टामै यो चलचित्र युटुबको नम्बर १ ट्रेन्डिङमा आएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै