नागरिक रैबार/बाजुरा ३१ बैशाख। जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. १० का अतिविपन्न परिवारलाई राहत वितरण गरिएको छ ।नगरपालिकाको सहयोग तथा वडा कार्यालयको समन्वयमा वडा भित्र रहेका ५ सय ८८ परिवारलाई राहत स्वप खाद्यन्न वितरण गरिएको हो ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड – १९) बाट खाद्यन्नको अभाव झेलेका परिवारहरुका लागि राहत बितरण गरिएको वडा अध्यक्ष धर्मराज जैशीले बताएका छन् । राहत वितरण संघ र प्रदेश सरकारको मापदण्ड अनुसार वितरण गरिएको वडा अध्यक्ष जैशीको भनाई छ ।
वडाले वडा भित्रका वास्तविक परिवारको आर्थिक अवस्था हेरेर राहत वितरण गरिरहेको छ । वडामा अहिले जनप्रतिनिधीहरु संगै अनेरास्ववियूका विद्यार्थी नेता पारस रावल पनि स्थानीयहरुको घरदैलोमा पुगेर स्थानीयहरुलाई राहत वितरण गरिरहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु