सुदूरपश्चिम प्रदेशमा आउँदो माघ १ गते सार्वजनिक विदा हुने भएको छ। सुदूरपश्चिम सरकारले माघे संक्रान्ति र माघी पर्वकाको अवसरमा १ गते सार्वजनिक विदा दिएको हो।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै माघी पर्वको अवसरमा विदा दिईएको जनाएको छ। यसअघि ८ साउनमा बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
फेसबुक प्रतिक्रियाहरु