होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • युुपीमा हाईस्कुल टपर बनिन् एक दिने सांसद्
समाचार

युुपीमा हाईस्कुल टपर बनिन् एक दिने सांसद्

  • नागरिक रैबार
युुपीमा हाईस्कुल टपर बनिन् एक दिने सांसद्

एजेन्सी । उत्तर प्रदेश (यूपी) रायबरेलीमा हाईस्कुलकी टपर छात्रा काजल सिंहलाई बछरान्वाका विधायक रामनरेश रावतले एक दिनका लागि आफ्नो जिम्मेवारी सुम्पिएका छन् । एक दिनका लागि निमित्त विधायक अर्थात् राज्यकी सांसद् बनेकी काजलले जनतालाई बोलाएर उनीहरुका समस्या सुनिन् । आम सर्वसाधारणले सुनाएका समस्याहरुलाई सुचीबद्ध गरेर उनले यसबारे तत्कालै निर्णय लिनका लागि सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिइन् ।

काजल यही विधानसभा क्षेत्रकी बासिन्दा हुन् । यस वर्ष उनी हाईस्कुलको परीक्षामा ९२ दशमलव ३३ प्रतिशत अंक ल्याएर विधानसभामा प्रथम भएकी थिइन्, जिल्लामा उनी पाँचौ हुन् । यस उपलब्धिका लागि प्रदेश सरकारले विधानसभा क्षेत्रमा ३ सय ८० मिटर सडक निर्माण गर्दै सडकको नामाकरण विद्यार्थीको नामबाट गरिने घोषणा गरेको थियो ।

बछरान्वाकी यी छात्रालाई मिशन शक्ति अभियानअन्तर्गत बछरान्वाका विधायक रामनरेश रावतले एक दिनका लागि विधायक नियुक्त गरेका हुन् । काजलले यस अनुुभव बिलकुल नौलो रहेको बताइन् । ‘अधिकारीहरुलाई दिशा–निर्देश गर्दाको समय निकै राम्रो महसुस भयो,’ उनले भनिन्, ‘भविष्यमा म आईएएस बनेर समाजसेवा गर्न चाहन्छु ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै