जिवन कैला/ बाजुरा २७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पुर्व सासंद हिक्मत जगं शाहीले नेकपा बाजुराको राजनितिमा चार वटा एक्काको भुमिका भएको बताउनुभएको छ । पुर्व सासंद समेत रहनुभएका नेकपाका प्रभावशाली नेता शाहीले बाजुराको राजनितिमा चारवटा एक्काको महत्वपुर्ण भुमिका रहेको बताउनुभएको हााे । रोयल युनिटि युथ क्लव जुकोटले आयोजना गरेको फुटवल प्रतियोगिताको बुधबार उद्धघाटन कार्यक्रममा जुकोट पुग्नुभएका नेता शाहीले तासको वुकमा जसरी चार वटा एक्काको भुमिका हुन्छ, त्यसरी नेकपा बाजुराको राजनितिमा पनि चारवटा प्रभावशाली नेताको भुमिका रहेको स्पष्ट पार्नुभएको छ । प्रमुख अतिथि समेत रहनुभएका नेता शाहीले तत्कालिन कम्युनिष्टको राजनितिमा आफु हुकुमको एक्का, नेकपा सुदुरपश्चि प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा चिडियाको एक्का, वर्तमान संघिय सांसद लालबहादुर थापा ईटको एक्का र सुदुरपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्रि प्रकाश शाह पानको एक्का भएको बताउनुभएको हो । यि चारवटै एक्का मिलेर बाजुराको कम्युनिष्ट आन्दोलनलाई गरीमामय स्थानमा पुर्याएको र आगामी दिनमा नेकपालाई सगरमाथाको उचाई सम्म पुर्याउनका लागि चार वटै एक्काले अव नेकपाको नेतृत्व दोश्रो पुस्तालाई हस्तान्त्रण गर्नुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले यदि पुरानै पुस्ताले नेतृत्व लिनेहो भने आफु सक्रिय राजनितिमा आउने वेला भएको पनि बताउनुभएको छ । नेता शाहीले भन्नुभयो, नेकपा बाजुराको राजनिति पछिल्लो समय नयां पुस्तालाई हस्तान्त्रण भएन भने पुनह हुकुमको एक्काको पालो आएको छ । बाजुराका चार वटै एक्काले पार्टीमा महत्वपुर्ण अवसर पाएको बताउदै उहाँले बाजुराको राजनितिलाई थप उचाईमा पुर्याउने जिम्मेवारी अव पछिल्लो पुस्ताको काधँका आएको बताउनुभयो । चारै एककालाई बाजुराली जनताले अमुल्य मत दिएर जिताईसकेकाले अव पनि पुरानै पुस्ताले नेतृत्व सम्हालिरहनु आवश्यक नरहेको आंैल्याउनुभएको छ । अव पार्टीमा पदका लागि तछाँड मछाँड नगरी बाजुरा र बाजुरालि जनताको विकाशका लागि सवैले एक भएर लाग्नुपर्नेमा नेता शाहीले जोड दिनुभएको छ ।
फेसबुक प्रतिक्रियाहरु