होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रहरी हवल्दारद्वारा आफ्नै कञ्चटमा गोली प्रहार गरी आत्महत्या
देश/प्रदेश

प्रहरी हवल्दारद्वारा आफ्नै कञ्चटमा गोली प्रहार गरी आत्महत्या

  • नागरिक रैबार
प्रहरी हवल्दारद्वारा आफ्नै कञ्चटमा गोली प्रहार गरी आत्महत्या

जाजरकोट– जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार भोजबहादुर कठायतले आफ्नै कञ्चटमा पेस्तोलबाट गोली हानेर आत्महत्या गरेका छन् ।

बाजुराको स्वामीकार्तिक गाउँपालिका घर भएका हवल्दार कठायतले आइतबार बिहानतिर इलाका प्रहरी कार्यालयमै कञ्चटमा पेस्तोलबाट गोली प्रहार गरी आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पामा दरबन्दी भएका हवल्दार कठायत २ महिना अगाडि मात्रै काज सरुवा भएर इलाका प्रहरी कार्यालय दल्ली आइपुगेका थिए ।

विज्ञापन

सामान्य रुपमै नियमित ड्युटी गरिरहेका हवल्दार कठायतले ड्युटीका समयमा प्रदान गरिने पेस्तोलबाटै कञ्चटमा गोली प्रहार गरी आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

डिएसपी श्रेष्ठका अनुसार हवल्दारले आत्महत्या गरेको विषयमा अनुसन्धान गर्न छानबिन समिति नै गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक (इन्सपेक्टर) हरेम्ब पाण्डे नेतृत्वको टोलीले घटना भएको स्थान (इलाका प्रहरी कार्यालय दल्ली) पुगेर अनुसन्धान शुरु गरेको छ । खबरहवबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार