होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मध्यप्रदेशको उपनिर्वाचनमा भाजपालाई जित, बच्यो सरकार
समाचार

मध्यप्रदेशको उपनिर्वाचनमा भाजपालाई जित, बच्यो सरकार

  • नागरिक रैबार
मध्यप्रदेशको उपनिर्वाचनमा भाजपालाई जित, बच्यो सरकार

२६ कात्तिक, काठमाडौं । गत मंगलबार भारतको बिहारको विधानसभा निर्वाचनका साथै अन्य केही राज्यमा पनि उपनिर्वाचन भएको थियो । जसमध्येको सबैभन्दा महत्वपूर्ण उपनिर्वाचन मध्यप्रदेशको मानिएको थियो । यो राज्यमा २८ सिटमा उपनिर्वाचन भएको थियो । उक्त निर्वाचनमा भाजपाले १९ सिटमा जित हात पारेको छ । कांग्रेसले ९ सिटमा जित हात पारेको छ । गत मार्चमा कांग्रेस विधायकहरुले राजीनामा दिएका थिए । जसको कारण अल्पमतमा आएको कमलनाथको सरकार ढलेको थियो । त्यसपछि शिवराज सिंह चौहान मुख्यमन्त्री बनेका थिए । त्यसैले आफ्नो सरकार बचाउन शिवराज सिंह चौहानलाई यो उपनिर्वाचनमा जित हात पार्नु आवश्यक थियो ।

मार्चमा राजीनामा दिने विधायकहरु ज्योतिरादित्य सिंधियाका समर्थक थिए, जो पछि सिंधियासँगै भाजपामा प्रवेश गरेका थिए । मध्यप्रदेशमा भाजपाले जित हात पारेसँगै भारतीय गृहमन्त्रीले शिवराज सिंह चौहानलाई बधाई दिएका छन् । त्यस्तै शिवराज सिंह चौहानले पनि कांग्रेसको झुट र दम्भको पराजय भएको बताएका छन् । उनले झुटको कारण सत्य समस्यामा पर्न सक्ने भए पनि पराजित भने नहुने बताए ।

 

त्यस्तै मंगलबार भएको उत्तर प्रदेश, तेलंगना, गुजरात, कर्नाटक, मणिपुरमा भाजपाले जित हात पारेको छ ।

स्रोत : बीबीसी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै