होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • २० वर्षपछि कोल्टी–धनगढी हवाई सेवा सुचारु
समाचार

२० वर्षपछि कोल्टी–धनगढी हवाई सेवा सुचारु

  • नागरिक रैबार
२० वर्षपछि कोल्टी–धनगढी हवाई सेवा सुचारु

बाजुरा । द्वन्द्वकाल यता करिव २० बर्ष पछि बाजुरा प्रदेश राजधानी धनगढीसँग हवाई यातायात जोडिएको छ । आज देखि साप्ताहिक उडान भर्नेगरी समिट एयरले उडान भर्न शुरु गरे पछि लामो समय पछि बाजुरा प्रदेश राजधानी धनगढी संग सिधा हवाई सेवामा जोडिएको हो । समिट एयरले आज बाजुराको कोल्टी देखि धनगढी र धनगढी देखि कोल्टीका लागि उडान भरेको नागरिक उड्यन कार्यालय बाजुराका निमित्त प्रमुख खुमप्रसाद पौडेलले जानकारी दिए ।

२० बर्ष अघि बाजुराको कोल्टी देखि सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीसँग बाजुरा सिधा हवाई सेवामा जोडिएको र द्वन्द्वको समयमा विमानस्थलमा आक्रमण भए पछि धनगढीसँगको हवाई सम्पर्क अबरुद्ध भएको थियो । बाजुरा नेपालगंजसँग हवाई सेवामा जोडिए पनि प्रदेश राजधानीसँग भने जोडिएको थिएन । आज देखि हवाई सेवामा बाजुरा धनगढीसँग जोडिए पछि स्थानियले भने खुसी ब्यक्त गरेका छन ।

नागरिक सेवा सरकोकार मञ्च बाजुराका संयोजक जनेश भण्डारीले विगतका बर्षहरुमा बाजुरा प्रदेश राजधानी धनगढी संग हवाई सम्र्पकमा जोडिनु पर्नेमा विगतमा नागरिक स्तरमा समेत माग बढेको र अहिले सो सेवाको शुरुवात भएकोमा खुसी लागेको बताए । बाजुरा धनगढी संग हवाई सेवामा जोडिएकाले यहाँका नागरिकलाई प्रदेश राजधानी जान आउन सहज हुने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ दिन अगाडि

भर्खरै