रामबहादुुुर विक/ बाजुुुरा २६ बाजुरा। कोराेना भाईरस कोभिड १९ को संक्रमणको आसंकामा सदरमुकाम मार्तडीमा २ जनालाई आइसोलेसनमा भर्ना गरिएको छ ।
जिल्ला अस्पताल मार्तडीमा उपचारको क्रममा आएका दुई जना महिलामा कोरोनासंग मिल्दा जुल्दा लक्षणहरु देखिएपछि आइसोलेसनमा भर्ना गरिएको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी चुणमणि पन्तले बताउनु भयो ।
आइसोलनेसनमा भर्ना गरिएका दुवै जना बडिमालिका नगरपालिका का महिला रहेको बताईएको छ ।
कोरोनाको संका देखिएपछि अनिहरुलाई जिल्ला समन्वय समितिमा रहेको आइसोलेसनमा भर्ना गरि उपचार सुरुगरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । उनिहरुको कोराना परिक्षण्का लागि स्वाव संकलनगरी परिक्षका लागि पठाँउने तयारी भइरहेको जनकारी प्राप्त भएको छ ।
फेसबुक प्रतिक्रियाहरु