होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराका समस्या समाधान गर्न सिडियाेलाई नागरिककाे ज्ञापनपत्र
देश/प्रदेश

बाजुराका समस्या समाधान गर्न सिडियाेलाई नागरिककाे ज्ञापनपत्र

  • नागरिक रैबार
बाजुराका समस्या समाधान गर्न सिडियाेलाई नागरिककाे ज्ञापनपत्र

बाजुरा स्थित नागरिक संघ- संगठनले प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्लामा अबिरल बर्षाले पुयाएको क्षति र नागरिकलाई परेको असरका बारेमा प्रमुख जिल्ला अधिकारी गैरेलाई ज्ञापन पत्र बुझाएको खाद्य अधिकार सञ्जाल बाजुरा अध्यक्ष मदनराज जैशीले वताएका छन् ।
जिल्ला स्थित पत्रकार महासंघ, खाद्य अधिकार सञ्जाल, गैर सरकारी संस्था महासंंघ नेपाल, फियान नेपाल, इन्सेक बाजुरा लगायत गैरसरकारी संस्था तथा नागरि संगठनले ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा जिल्लाका कवाडी, कोल्टी र मार्तडी खाद्यान्न डिपोहरुमा चामल अभाव भएकाले तत्काल खाद्यान्न डिपोहरुमा चामलको ब्यवस्थापन गर्न माग गरेका छन् ।
त्यस्तै प्राकृतिक प्रकोपमा परि समस्यामा रहेका बिपन्न परिवारहरु लाई राहत बितरण गर्दा एकद्धार प्रणालीबाट नभएको र बितरित सामानको गुणस्तरमा प्रश्न उठेको कुरालाई मध्यनजर गर्दै, एकद्धार प्रणालीबाट राहत बितरणको ब्यवस्थापन मिलाउन र बितरित समानको गुणस्तरमा ध्यान दिनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
सडक र वाटोको समस्या बनाई सामानको कृत्रिम अभाव सृजना गरि कालो बजारी गर्ने र सामानको मुल्य बढाई उपभोक्ता ठग्ने कार्यहरु भएकोले बजारमा आवश्यक बस्तुको सहज आपुर्तिको ब्यवस्था मिलाई बजार अनुगमन हुनु पर्ने जनाएका छन् । जिल्ला विपद् ब्यवस्थापन समितिले तयार गरेको विपद् प्रतिकार्य योजना अनुसार जिल्लामा समस्यामा परेका समुदायहरुलाई तत्काल उद्धार र राहात उपलव्ध गराउनु पर्ने माग राखेका छन् ।
अविरल बर्षाका कारण सडक भत्केको र वेलीव्रिज समेत बगाएकाले तत्काल साँफे मार्तडी सडक खण्ड संचालन र बैकल्पीक मार्गको ब्यवस्थापन गरि जिल्ला सदरमुकाम सम्म आवत जावत गर्न सहज वातारणको सृजनाका हुनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । गौमुल गाउपालिका २ अजयटोडकी गाँउ झोलुङ्गे पुल बगाँउदा गाँउनै सम्पर्कबिहिन भएकाले तत्काल हेलिकप्टर मार्फत उद्धार तथा राहतको ब्यबस्थापन गर्नपर्ने सहित ९ वटा बुद्धामा ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र हस्तान्तरण कार्यक्रमा बोल्दै प्रजिअ गैह्रेले नागरिकका सवालका बारेमा आफ्नो क्षेत्र बाट लागि रहेको वताएका छन् । चामल ढुवानीका लागि हवाई यातायातको पहल भइरहेको र बिपत्त पढेका लागि उद्धार र राहत वितरण कार्य भइरहेको गैह्रेले वताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि