बाजुराको हाल बुढीगंगा नगरपालिकामा पर्ने तत्कालीन कुल्देवमाण्डौँ स्थित टाँटेबाट जिल्ला सदरमुकाम मार्तडी सरेको केही वर्षमै विजुली बलेको हो, साहेद । त्यतिखेर म त सानै थिए होला । मैले सुन्नमा आएको कुरा ।
त्यो बेला नै हाम्रा गाउँका बाउबाजेले विजुली बाल्न लागि सकेका थिए रे । केहीले झरो बाले होलान् । केहीले निगाली लोस्टा बाले होलान् । केहीले टुक्की अथवा लालटिन बाले होलान् , त्यो फरक कुरा हो । औसतको घरमा बिजुली बत्ती बलिसकेको थियोे । हामीले साँचो मान्ने कुरा हो त्यो । बरू, उतिखेर नितान्त बिजुली बत्तीमा नै पुरापुर नागरिकको दैनिकी थिएन होला ।
साँझ अँध्यारोको साथी भए पुग्थ्यो भन्थे त्यतिखेरका । अब आजभोलि उसो कहाँ छ ? मान्छेको स्वासै बिजुली बत्तीमा छ । बत्ती नभए छट्पटिन्छ मान्छे । समय बदलियो । नेट ईन्टरनेट, टिभी, रेडियो माबाईल, हिटर, कुकुर फ्रिज, यतिसम्म कि खाना पकाउने नुहाउने धुवाउने कुराकानी सब त्यसैमा छ । अफिसियल कुरा त परै नेर छ । त्यो त भई नै हाल्यो । मान्छेको रोजी रोटी नै त्यसैमा निहित छ ।
बडीमालिका नगरबासीलाई त्रिवेणी साना जलविद्युत केन्द्रले झल्याक झुलुक दिएको बत्तीले कम हैरान छ मान्छे । भनी साध्य छैन् । विद्यालयपिच्छे स्कुलले विद्यार्थीको आफ्नै कार्यपालिका छ । हर घर र मान्छेका आ–आफ्नै कार्यपात्रा छन् । उनीहरूको तालिकामा चले भो । नत्र कष्टै छ ।
बत्ती अफ । मान्छेको सिस्टम अफ । बत्ती छैन् । केटाकेटी होमक लेख्दैनन् । बत्ती छैन् ।
खाना पाक्दैन् । अफिस जाउँ काम छैन् । साथीसंगीसित हेलो हाई गरौँ । मोबाईलमा चार्ज छैन् । टिभी हेरौँ । केले हेरौँ ? रेडियो सुनौँ । क्या गरि सुनौँ । अनलाइन हेरौँ । झन करै भएन् । नेट ईन्टरनेट चाहीयो । विजुली नभए त्यो प के काम छ ! बरू मैनबत्ती र मट्टीतेल बेच्ने व्यापारीलाई अलि फाईदा वाहेक अरू व्यापारीलाई पनि सुख कहाँछर ? सब बरबाद छ । मेयर साव ! The care of the patient with progressive malignant disease who is https://clickmiamibeach.com/ dying at home has become an important and growing segment of the health care delivery system in the United States. अब तपाईंशीत नभनी को शीत भन्ने ? चुनावताका समय हावामा विजुली बालुला भन्नुहुन्थ्यो । अहिले न दिउँसो न राती । अँध्यार्या कि साम्मसुम्म । अब आफै भन्नुस् । झरो बालौँ कि टुक्की ? मेयर साव !
फेसबुक प्रतिक्रियाहरु