होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मूलुकी अपराध संहिताको टिप्पणीसहतिको पुस्तक सार्वजनिक
समाचार

मूलुकी अपराध संहिताको टिप्पणीसहतिको पुस्तक सार्वजनिक

  • नागरिक रैबार
मूलुकी अपराध संहिताको टिप्पणीसहतिको पुस्तक सार्वजनिक

२६ साउन, काठमाडौं । मुलुकी फौजदारी संहिताको ब्याख्यात्मक टिप्‍पणीसहितको पुस्तक ‘मूलुकी अपराध संहिता : एक टिप्पणी’ सोमबार विमोचन भएको छ ।

विष्णुप्रसाद पाण्डेयद्वारा लिखित उक्त पुस्तक सोमबार सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रममा मुख्य रजिस्टार नृपध्वज निरौलाले सार्वजनिक गरे ।

विमोचन कार्यक्रममा निरौलाले विश्वव्यापीकरणको कारणले एक राष्ट्रको गतिविधि तथा क्रियाकलापले अर्को राष्ट्रलाई असर पर्ने भएकाले समाज, राष्ट्र र अन्तर्राष्ट्रिय परिवेशले पनि राष्ट्रको कानुनमा समायानुकुल परिवर्तन गर्नुपर्ने बताए । यो पुस्तक २०७५ भदौदेखि लागू भएको मुलुकी फौजदारी संहितालगायतका कानुनमा भएका प्रबन्धमाथिको टिप्पणी भएकाले सान्दर्भिक रहेको उनको भनाइ छ ।

विज्ञापन

बिमोचित पुस्तकमाथि टिप्पणी गर्दै नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेय फौजादारी संहिताको सैद्धान्तिक बिषय, संहिताको व्यवस्था, संवैधानिक व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास र सर्वोच्च अदालतले गरेको व्याख्यासम्म उल्लेख भएकाले कानुन बुझ्न चाहनेका लगि उपयोगी पुस्तक रहेको बताए ।

अधिवक्ता डा. दीनमणि पोखरेलले मूलुकी फौजदारी संहिताको अवधारणा, व्यवस्था र व्याख्यासहितको पुस्तक प्रकाशन भएकाले कानुन व्यवसायीका लागि अत्यन्तै उपयोगी रहेको बताए ।

लेखक पाण्डेय सर्वोच्च अदालतका उपरजिष्ट्रार हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार