होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • भौन्यारामा बाढीले घरहरु बगायो अन्य घरहरु उच्च जोखिममा
स्वास्थ्य-जीवनशैली

भौन्यारामा बाढीले घरहरु बगायो अन्य घरहरु उच्च जोखिममा

  • नागरिक रैबार
भौन्यारामा बाढीले घरहरु बगायो अन्य घरहरु उच्च जोखिममा

आइतबार राती आएको अविरल वर्षाले जिल्लाको बडिमालिका नगरपािलका वडा नं २ भौन्यारा बजारका अधिंकाश घर तथा पसलहरु क्षेतीग्रस्त भएका छन् । निरन्तर वर्षापछि छेउमै रहेको भौन्यारा खोलाको बहाब बढेपछि आसपासका घरहरु क्षेतीग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

खोलाले घर, पसल, शौचालय र घट्ट गरी १४ घरहरु बगाएको खबर पनि प्राप्त भएको र प्रहरीको टोली उद्धारका लागि खटिएको बताइएको छ । अहिले पनि बर्षासंगै निरन्तर वर्षासंगै नदिमा पानीकाे बहाब बढीरहेको छ ।र स्थानियको उद्धार गर्न पनि कठिन भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी लोकेन्द्र ठगुन्नाले बताए ।

भौन्याराका तुला रोकायाको घर र पसल,डबल दानीको घर पसल,िवक्रम गुयालको कुटानी पिसानी मिल,कलक गुयाल, गोविन्द हमालको घर पसल, सन्तोष दमाइको घर बगाई उक्त घरमा रहेको २ गोरु १ गाई पनि बगाएको,गोरे सार्कीको घर, जित सार्की घर पसल,कृष्न चन्दको घर जोखिममा रहेको र उक्त घर छेउमा पार्कीङ्ग गरेको मोटर साइकल बगाएको,केशब हमालको घर उच्च जोखिममा, मन्दर रोकायाको घर नजिकै रहेको शौचालय, धिरे दमाईको घट्ट पनि बगाएको र घागरमा रहेको प्रेम महतको पनि घर बगाएको र लगाएको धानबाली सहित खेतीयोग्य जमिन पनि बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी लोकेनद्र ठगुन्नाले बताएका छन्

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार