नागरिक रैबार/बाजुरा २८ जेठ । यतिवेला सिंगो मुलुक कोरोना भाईरस कोभिड-१९ संग लडिरहेको छ । कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले पनि आफ्नो प्रयास जारी राखेको छ ।
नेपालमा कोरोना भाईरसको रोकथाम र नियन्त्रण गर्न सरकारलाई जनताहरुले पनि साथ दिईरहेका छन् । यतिवेला कोरोनाकै त्रासका कारण बाजुरा जिल्ला बाहिर अध्ययन तथा कामको सिलसिलामा गएका सर्वसाधारणहरु जन्मभुमि तिर क्रम बढीरहेको छ ।
कोरोनाको त्रासकै कारण जिल्ला बाहिरबाट आउने सर्वसाधारणहरको सेवाका लागि नेकपा निकट युवा र विद्यार्थीहरु बसपार्कमा उनीहरुको सेवा गर्नका लागि बसपार्कमा कुरेर बसिरहेका भेटिन्छन् ।
चार दिन यता जिल्ला बाहिबाट हजारौंको संख्यामा सर्वसाधारणहरु जिल्ला भित्रिएका छन् । जिल्ला बाहिरबाट बाजुरा भित्रिएकाहरुले यात्राको क्रममा भोगेको समस्यालाई मध्येनजर गरेर अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपालले कोरोना भाईरस कोभिड-१९ को महामारीमा जनताको सेवामा स्वंमसेवक परिचालन अभियान चलाएकाे अनेरास्ववीयुका बाजुरा सँयोजक राजीव रोकायाले बताएका छन् ।
अभियान अन्तरगत युवा र विद्याथीहरुले बसमा आएकाहरुलाई तयारी खाजा, पानीको व्यवस्थासंगै उनीहरुको प्राथमिक स्वास्थ्य औषधोपचार समेत गरिरहेका छन् ।
युवा र विद्याथीहरुले चलाएको सो अभियानमा विभिन्न व्यवसायीहरुले पनि साथ दिईरहेको राष्ट्रिय युवा संघ नेपालका बाजुरा संयोजक सन्तोष विकले बताएका छन् । यो अभियान कोरोना भाईरस नियन्त्रण र रोकथाम नहुँदासम्म जनताको सेवा गर्ने काम जारी रहने युुवा संघका संयोजक विकले बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु