होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • ३० जना सिमान्तकृत महिलालाई राहत वितरण
Breaking News

३० जना सिमान्तकृत महिलालाई राहत वितरण

  • नागरिक रैबार
[sharethis-inline-buttons]
३० जना सिमान्तकृत महिलालाई राहत वितरण

नागरिक रैबार/बाजुरा २३ असोज। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ का ३० जना सिमान्तकृत महिलालाई राहत वितरण गरिएको छ ।

टेवा नेपाल र महिला विकास मंचको साझेदारी तथा उमेनकाईन युकेको आर्थिक सहयोगमा बडीमालिका ९ का ३० जना सिमान्तकृत महिलालाई राहत स्वरुप खाद्यन्न, नुन, तेल, सावुन, चिनि, सेनिटरीप्याड, मास्क लगायतका सामाग्री वितरण गरिएको हो ।

कोरोना भाईरस कोभिड १९ का यस वडामा रहेका सिमान्तकृत महिलालाई परेको प्रभावलाई मध्येनजर गरेर राहत वितरण गरिएको महिला विकास मंचका कार्यक्रम निर्देशक उजा विष्टले बताईन् ।उनले भनिन् वडामा रहेका अति गरिब, विपन्न, दलित, एकल महिला र अपागंता भएका महिलाहरुलाई वडामै रहेको सिमान्तकृत महिला समूहले छनोट गरेर राहत वितरण गरिएको हो ।

विज्ञापन

No description available.

राहत वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकाया, बडीमालिका ९ का वडा सदस्य लालबहादुर नेपाली, महिला विकास मंचका संस्थापक अध्यक्ष जुना दानी लगायत संस्थाका कर्मचारीहरु र वडाका ३० जना सिमान्तकृत महिलाहरु सहभागि भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै