होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पानी लिन घरभित्र पसेको भन्दै दलित बालिकालाई निर्घात कुटपिट
समाचार

पानी लिन घरभित्र पसेको भन्दै दलित बालिकालाई निर्घात कुटपिट

  • नागरिक रैबार
पानी लिन घरभित्र पसेको भन्दै दलित बालिकालाई निर्घात कुटपिट

पानीलिन घरभित्र पसेको भन्दै  मोरङको उर्लाबारी–४ थापाडाँगीकी दलित १२ वर्षीया बालिका फुलसरी मंग्रान्ती (सार्की)लाई निर्घात कुटपिट गरिएको छ । कुटपिटबाट बालिका घाइते भएकी छिन् भने प्रहरीले उजुरी लिन मानेको छैन ।

फुलसरीलाई छिमेकी नन्दलाल श्रेष्ठ, उनकी पत्नी निर्मला र छोरा अम्बिरले कुटपिट गरेको उनका आफन्त दुर्गाकुमारी रोकाले बताइन् । आमाबुबा बेपत्ता भएकी फुलसरीलाई दुर्गाले नै आश्रय दिइरहेकी छिन् । श्रेष्ठले दलित बालिका घरभित्र पसेको भन्दै सोमबार निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट बालिकाको शरीरभरि नीलडाम छ ।

सोमबार उनी चिसो पानी लिन छिमेकी तुलसा खतिवडा श्रेष्ठको घरमा गएकी थिइन् । तुलसा नन्दलालकी बुहारी हुन् । उनीहरू अलग–अलग घरमा बस्छन् । ‘नानी (फुलसरी) सधैँ त्यो घरमा जाने र पस्ने गरेकी थिई । सोमबार फ्रिजमा राखेको पानी लिन पठाएँ । घरमा सानो नानी मात्र रहेछ । ऊसँगै फुलसरी पनि भित्र गइछ,’ दुर्गाले भनिन्, ‘श्राद्ध छ, हामीले खाना चढाएको छैन भन्दै नीलडाम हुनेगरि कुटपिट गरे । त्यो घरमा त श्राद्ध पनि थिएन, नन्दलालको घरमा पो श्राद्ध थियो ।’ फुलसरीलाई छुटाएर ल्याउँदा आफूमाथि पनि कुटपिट गरेको उनले बताइन् ।

जातीय विभेद गरेर कुटपिट गरेको भन्दै दुर्गाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएकी छिन् । तर, प्रहरीले उजुरी दर्ता गरेको छैन । इलाका प्रहरी कार्यालयका इन्चार्ज इन्स्पेक्टर सुभाष राईले अर्को पक्षलाई पनि बुझेर दर्ता गरिने बताए । ‘मैले एसपीसाबलाई रिपोर्टिङ गरेँ । माथिबाटै घटनास्थलमा गएर बुझेर मात्र जाहेरी दर्ता गर्न निर्देशन छ,’ इन्स्पेक्टर राईले भने, ‘मैले जाहेरी लिएको छु । दर्ता भएजस्तै मान्नुस् ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
Breaking News
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि