होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आईजीपी थापालाई दर्ज्यानी चिह्न
समाचार

आईजीपी थापालाई दर्ज्यानी चिह्न

  • नागरिक रैबार
आईजीपी थापालाई दर्ज्यानी चिह्न

काठमाडौँ — नवनियुक्त प्रहरी महानिरीक्षक(आईजीपी) शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्न लगाइदिँदै ।

बिहीबार आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले आईजीपी थापालाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

वरीयतामा पहिलो नम्बरमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई मंगलबारको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको थियो ।
बुधबारदेखि प्रहरीको नेतृत्व नवनियुक्त महानिरीक्षक शैलेश थापा क्षत्रीले सम्हालेका छन् ।

विज्ञापन

नवनियुक्त आईजीपी थापा सरकारले ३० वर्षे सेवाअवधि यथावत राखे २०७९ वैशाख १९ गतेसम्म सेवामा रहने छन् । थापाले २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । ५२ वर्षीय थापा प्रहरीभित्र व्यावसायिक अधिकृतका रुपमा चिनिन्छन् । सेवाको २८ वर्षसम्म उनले फिल्डमा भन्दा प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी)मा बिताएका छन् । डीआईजीमा बढुवा भएपछि महानगरीय प्रहरी कार्यालय प्रमुखमा सरुवा भएका थापा त्यसपछि पुन महानिरीक्षकको सचिवालय र प्रहरी प्रवक्ता बनेका थिए । एआईजीमा बढुवापछि भने उनी मानवस्रोत तथा प्रशासन विभागमा सरुवा भए ।

२०२५ मंसिर २ गते भक्तपुरको कटुञ्जेमा जन्मिएका उनी २०४९ वैशाख १९ गते निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । २०५८ फागुन १० गते डीएसपी, २०६७ पुस २० गते एसपी, २०७४ साउन १९ गते एसएसपी, २०७५ असोज २८ गते डीआईजी र २०७६ चैत ९ गते एआइजीमा बढुवा भएका थापा सेवाअवधिमा लामो समयसम्म उपत्यकाभित्रै कार्यरत रहे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार