होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • पूर्व एआईजी श्रेष्ठ र पूर्व जर्नेल बस्न्यात महाराजगन्जबाट पक्राउ
देश/प्रदेश

पूर्व एआईजी श्रेष्ठ र पूर्व जर्नेल बस्न्यात महाराजगन्जबाट पक्राउ

  • नागरिक रैबार
पूर्व एआईजी श्रेष्ठ र पूर्व जर्नेल बस्न्यात महाराजगन्जबाट पक्राउ

काठमाडौँ — प्रहरीले सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यातलाई महाराजगन्जबाट पक्राउ गरेको छ ।नेपाली भूमि लिपुलेक हुँदै भारतले एकतर्फी सडक खनेपछि त्यसको विरोध गर्दै सडकमा उत्रिएका श्रेष्ठ र बस्‍नेतलाई शनिबार दिउँसो महाराजगन्‍जबाट प्रहरीले पक्राउ गरेको हो । दुवै पूर्वसुरक्षा अधिकारीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको हिरासत कक्षमा राखिएको छ ।

महानगरीय प्रहरी कार्यालयका डीआईजी विश्‍वराज पोखरेलले लकडाउन उल्लंघन गरेको आरोपमा दुवै जनालाई नियन्त्रणमा लिएको बताए । यसअघि लिपुलेकमा सडक खनेको विरोधमै प्रदर्शनमा उत्रिएका ३६ जनालाई प्रहरीले राजधानीको विभिन्‍न स्थानबाट पक्राउ गरेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि