होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • रुकुम नरसंहारको विरोधमा धनगढीमा शक्ति प्रदर्शन
देश/प्रदेश

रुकुम नरसंहारको विरोधमा धनगढीमा शक्ति प्रदर्शन

  • नागरिक रैबार
रुकुम नरसंहारको विरोधमा धनगढीमा शक्ति प्रदर्शन

धनगढी, २६ जेठ : अन्तरजातीय प्रेम सम्बन्धका कारण पश्चिम रुकुमको सोतीगाउँमा भएको नरसंहारको विरोधमा दलित अधिकारकर्मीहरुले धनगढीमा विशाल शक्ति प्रदर्शन गरेका छन् ।

कैलालीका दलित अधिकारकर्मीले पश्चिम रुकुम नरसंहारको बिरोधमा घटनाको निष्पक्ष छानविन गरी हत्यारामा संलग्नहरुलाई हदैसम्मको कारबाही मृतक परिवारलाई उचित क्षतिपुर्ति र घाईतेहरुको उपचारको माग गर्दै कैलालीको १३ वटै स्थानीय तहका २०० जनाले टिकापुरदेखी धनगढीसम्म मोटर साईकल ¥यालीसहितको शक्ति प्रदर्शन गरेका हुन् ।

विज्ञापन

मोटरसाईकल ¥याली लाई संयुक्त दलित संघर्ष समिति कैलालीले दिउसो १२ बजे धनगढी चौराहामा स्वागत गरेपछि चौराहाहुदै धनगढी मेनरोडमा विशाल शक्ति प्रदर्शन गरिएको थियो ।

सोती नरसंहारको १५ औं दिनको अवसरमा संयुक्त दलित अधिकार संघर्ष समितिको आह्वानमा कैलालीका १३ वटै स्थानीय तहबाट निस्किएको मोटरसाईकल ¥याली धनगढी मेनरोडस्थित सुदूर पश्चिम प्रदेश सभाको अगाडि पुगेर संयुक्त दलित संघर्ष समिति कैलालीले गत २० गतेदेखी सुरु गरेको अनिश्चितकालिन धर्ना कार्यक्रममा परिणत भएको थियो ।

गत जेठ १० गते अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने क्रममा रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकसहित ६ जनाको हत्या भएको थियो ।

रानागाउँकै गणेश बुढा, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनार,भेरी नगरपालिका ४ खलंगाका १९ वर्षीय सञ्जु विक र भेरी नगरपालिका–११ का १८ वर्षीय गोविन्द शाहीको ज्यान गएको छ ।

कार्यक्रममा संबिधान सभा सदस्य हरी श्रीपाईली,सुदूरपश्चिम प्रदेश सभा सदस्य दिर्घ सोडारी,शान्ति नेपाली,नेपाली कांग्रेसका नेता प्रकाश बम,राष्टिय जनमोर्चा नेपालका नेता लोकेन्द्र लम्साल,नेपाल दलित संघका प्रेम विक,मुक्ति समाजका चक्र विक,नेपाली कांग्रेसका युवा नेता नृप सुनार,सामाजिक अभियान्ता बालकुमारी सुनार,रुप सुनार, उत्पिडित समन्वय मंचका संयोजक डिवि सुनार लगायतले मन्तव्य व्यक्त गरेका थिए । संयुक्त दलित अधिकार संघर्ष समिति लम्कीका अध्यक्ष राजेश मयालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भरत बिकले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार