होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • अमेरिकामा २० लाख भन्दा धेरै संक्रमित, भारत पाँचौ स्थानमा
देश/प्रदेश

अमेरिकामा २० लाख भन्दा धेरै संक्रमित, भारत पाँचौ स्थानमा

  • नागरिक रैबार
अमेरिकामा २० लाख भन्दा धेरै संक्रमित, भारत पाँचौ स्थानमा

काठमाडौं : अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ। पछिल्लो तथ्यांक नुसार त्यहाँ २० लाख ७ हजार चार सय ४९ जना संक्रमित छन्। अमेरिकामा हालसम्म एक लाख १२ हजारको ज्यान गइसकेको छ।

अमेरिकामा हालसम्म ७ लाख ६१ हजार ७ सय आठ जन संक्रमणबाट निको भएका छन्। त्यहाँ १९ हजार ९ सउ २३ जनाको अवस्था गम्भीर रहेको छ।  अमेरिका पछि ब्राजिलमा संक्रमण उच्च छ। ब्राजिलमा हालसम्म ६ लाख ९१ हजार ९ सय ६२ जनामा संक्रमण भेटिएको छ भने ३६ हजार ४ सय ९९ जनाको ज्यान गइसकेको छ। अ रुसमा ४ लाख ६७ हजार ६ सय ७३ जना संक्रमित रहेको छन्। रुसमा भने मृतकको संख्या पाँच हजार ८ सय ५९ मात्रै छ।

  स्पेनमा संक्रमितको संख्या २ लाख ८८ हजार ६ सय ३० रहेको छ। त्यस्तै त्यहाँ २७ हजार १ सय ३६ को ज्यान गइसकेको छ।  बेलायतमा ४० हजार पाँच सय ४२ जनाले ज्यान गुमाउँदा २ लाख ८६ हजार १ सय ९४ जनामा संक्रमण देखिएको छ।  संक्रमितकाे आधारमा भारत पाँचौं स्थानमा रहेकाे छ।

विज्ञापन

त्यहाँ  २ लाख ५७ हजार ४ सय ८६ जना संक्रमित रहेका छन् भने ७ हजार २ सय ७ जनाको ज्यान गएको छ।  विश्वभर हालसम्म ७० लाख ८५ हजार ७ सय २ जनामा संक्रमण देसखएको छ। विश्वभरमा चार लाख पाँच हजार २ सय ७२ जनाको ज्यान गइसकेको छ। त्यस्तै  ३४ लाख ५९ हजार ८सय ३० जना संक्रमित निको भएर घर फर्किएका छन।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार