होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • दीर्घरोगीलाई युवाको औषधि
देश/प्रदेश

दीर्घरोगीलाई युवाको औषधि

  • नागरिक रैबार
दीर्घरोगीलाई युवाको औषधि

राजेन्द्र बहादुर रोकाया l बाजुराको बडिमालिका नगरपालिकाका दुई जना युवाले बाजुरा जिल्लाभरीका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण शुरु गरेका छन् ।

लकडाउनको समय लम्बिएसँगै नियमित औषधि सेवन गर्नेलाई असहज भएको गुनासो बढेसँगै औषधि वितरण शुरु गरिएको मानवताका लागी हामी भन्ने अभियानका संयोजक दिलिप कुमार थापाले बताउनुभयो ।

उनिहरुले नगरभित्रका दम, सुगर, प्रेसर, मुटुरोगको औषधि वितरण गरेको हो । नेपाल बिद्यार्थी संघ बाजुराका कार्यवाहक अध्यक्ष जनक थापाका अनुसार बिहीबार देखी बडिमालिका–८ बाट निःशुल्क औषधि वितरण शुरु गरिएको बताउनुभएको छ ।

विज्ञापन

यो बन्दाबन्दीको समयमा औषधी नपाएर कसैको ज्यान नजावस् र केही सहज होस् भनेर उक्त सेवा सुरु गरेको नेपाल बिद्यार्थी संघ बाजुराका कार्यवाहक अध्यक्ष जनक थापाले बताउनुभएको छ ।

थापाका अनुसार नगर भित्र रहेका सबै दिर्घरोगिलाई सहयोग गर्न उद्देश्यले उक्त कार्य निरन्तर जारी राख्ने बताउनुभएको छ ।

मानवताका लागी हामी भन्ने अभियानका साथ दिर्घ रोगिलाई औषधी बितरण गरीएको छ । मानवताका लागी हामी भन्ने अभियानका संयोजक दिलिप कुमार थापा, नेपाल बिद्यार्थी संघ बाजुराका कार्यवाहक अध्यक्ष जनक थापाको ब्यक्तिगत आर्थिक सहयोग र स्थानीय सरकार बडिमालिका नगरपालिकाको समन्वयमा दिर्घ रोगिका लागी औषधी बितरण गरीएको नेपाल बिद्यार्थी संघ बाजुराका कार्यवाहक अध्यक्ष जनक थापाले जानकारी दिनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार