होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विकास निकास खल्तीतिर, कोहीनाई रैतितिर
समाचार

विकास निकास खल्तीतिर, कोहीनाई रैतितिर

देउडा गीत

  • नागरिक रैबार
विकास निकास खल्तीतिर, कोहीनाई रैतितिर
देवीलाल भण्डारी/ समाजसेवी तथा देउडा प्रेमी

 

१, हिमालीका राजनीतिले, सबैलाई सतायो ।

कुरा साँचो के हो भनी, घटनाले बतायो ।।

विज्ञापन

२, रन्दीयईन खान्दीयईन, गाउँका झगडाले ।

कसैको हुन्यानाई भलो, यस्तै लफडाले ।।

३, नेता भन्या साना साना, नाउँनै नफुल्याका ।

कोरोना कोभिडका बेला, रक्सी खाई डुल्याका ।।

४, कसैको आदेशले होकी, केटा मातिएका ।

रुगिनको आतंकदेखि, सबै आतिएका ।।

५, युवादेखि बृद्धसम्म, कोही छैन् जान्ने ।

अरुका भरले होकी, ढुगामात्रै हान्ने ।।

६, पँुजीबादी व्यवस्थाका,े यस्तै हो चलन ।

कुरुती वेथितिदेखि, सब लाग्या जलन ।।

७ महिला दलित बालबालिका, छ सबैलाई गारो ।

न्याय नपाई जनतालाइर्, एकदम छ अफ्ठेरो ।।

८, फैतिका ठकरी जती, दुई कुरा गर्दिने ।

झै झगडा गर भनि, युवालाई भरदिने ।।

९, काँग्रेस र कम्युनिष्ट सबका, नेता फैतितिर ।

विकास निकास खल्तीतिर, कोहीनाई रैतितिर ।।

१०, फैति हुन्या झै झगडा, नदापाटा सर्यो ।

दई चार कुरा गरौ भने, हाम्लाई गारे पर्यो ।।

११, शिरतिर काल घुम्दोछ, कोरोना कि बेला ।

एक्काईसौँ सताब्दी भित्र, दलित महिला हेला ।।

१२, मान छैन मर्यादा छैन्, कसकै सम्मान छैन ।

युवा सबै जाँड र्क्सीमा, राम्रो कम्मान छैन् ।।

१३, झगडाको बीउ मरिजाउ मेरा नदापाटा ।

यो पाटी त्योपाटी हर्या सबै की छ घाटा ।।

१४, सधैको झगडा नभई, अब शान्ति गरौ ।

जान्ने बुझ्ने युवामिली, सबै अघि सरौँ ।।

समाप्त

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार