होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बैंक तथा वित्तिय संस्थालाई व्याज मिनाह गर्न नेकपा बाजुराको माग
Breaking News

बैंक तथा वित्तिय संस्थालाई व्याज मिनाह गर्न नेकपा बाजुराको माग

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बैंक तथा वित्तिय संस्थालाई व्याज मिनाह गर्न नेकपा बाजुराको माग

नागरिक रैबार/ बाजुरा २५ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराले बैंक तथा वित्तिय संस्थाहरुलाई व्याज मिनाह गर्न माग गरेको छ ।
आईतबार जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै नेकपा बाजुराले उक्त माग गरेको हो ।

नेकपा बाजुराले कोरोना भाईरस कोभिड-१९ का कारण मुलुकको कहाली लाग्दो आर्थिक संकटले साना व्यवसायी, किसान, उद्योगीहरु, विभिन्न बैंक तथा वित्तिय संस्थाको रिण र त्यो वाफतको व्याज तिर्न नसकि व्यरोजगारी समस्या सृजना भएको अवगत गराएको थियो ।

नेकपा कार्यालय सदस्य गगन रावलले प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेलाई ज्ञापन पत्र बुझाउँदैै यस संकटको समयमा साना तथा मध्यम वर्गिय व्यापारी किसान उद्योगी व्यवसायीहरुको अवस्थालाई सामान्य अवस्थामा ल्याउनका लागि बैंक तथा वित्तिय संस्थाहरुलाई व्याज मिनाह गर्न र गराउन  माग गरेका थिए ।

विज्ञापन

तल हेर्नुहोस ज्ञापन पत्र

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै