रमित विक/बाजुरा २२ पुस । गौमुल गाउँपालिका घट्मुनाले आफ्नो वडाभरि सरसफाईका सामाग्री वितरण गरेको छ । गाउँपालिकाका ६ वटै वडामा सरसफाई सामाग्रीहरु वितरण गरिएको अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभएको छ । सरसफाईमा स्थानीय जनताको बानी बसाल्न संगै सरसफाईका आवश्यक सामाग्री नियमित प्रयोगमा ल्याउनका लागि थिति बसाल्नका लागि समेत सरसफाईका सामाग्री वितरण गरिएको उहाँले बताउनुभएको छ ।
कामलाई बढी प्राथमिकता र सरसफाईलाई बेवास्था गर्ने प्रबृति बढी भएकाले सरसफाई गर्नुपर्छ भन्ने चेतना दिन समेत सरसफाई सामाग्री गाउँपालिकाले खरिद गरी वितरण गरेको उपाध्यक्ष सिता थापाले बताउनुभएको छ । सरसफाईमा केही जनताहरु चेतनशिल भएपनि सबैमा सरसफाई गर्नुपर्छ भन्ने बानीको विकास गर्ने उतm समाग्रीले सहयोग गर्ने गाउँपालिकाले विश्वास लिएको छ ।
सरसफाई सामाग्रीहरुमा सरसफाई किट बक्स,हरपीक,ब्रस,रुमाल,नङ्गकाटा लगायतका सामाग्री जनप्रतिनिधिहरु ६ वटै वडामा पुगेर वितरण गरेका हुन् । गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया,उपाध्यक्ष सिता थापा सहित सम्पूर्ण जनप्रतिनिधिहरु वडा–वडामा पुगेर सामाग्री वितरण गरेका हुन् ।
गत पौष १० गते वडा नम्बर–१ अम्लिसबाट सुरु गरिएको सरसफाई सामाग्री वितरण कार्यक्रम ६ नम्बर घट्मुनामा पुगेर सकिएको गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्ण रोकायाले बताउनुभएको छ । गाउँपालिका भरिका १६ सय घरधुरीलाई सरसफाई सामाग्री वितरण गरिएको उहाँले बताउनुभएको छ ।
सरसफाई सामाग्री वितरणपछि स्थानीयले सरसफाई गर्ने आफुहरुमा बानीको विकास हुने विश्वास लिएका छन् । सरसफाई सामाग्री वितरणपछि आफुहरुमा नियमित प्रयोगमा ल्याउन टेवा पुग्ने गौमुल गाउँपालिका–१ अम्लिसका स्थानीय जीवन रोकायाले खुसी व्यतm गर्नुभयो । आर्थिक अवस्था समेत नाजुक भएका गाउँपालिका भित्रका जनताहरुलाई पनि ठुलो सहयोग पुगेको स्थानीयले प्रतिक्रिया दिएका छन् ।
फेसबुक प्रतिक्रियाहरु