होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गरिबीको सजीव तस्बिर, घनघस्याको चिसो लेकमा नाङ्गा गोठाला
समाचार

गरिबीको सजीव तस्बिर, घनघस्याको चिसो लेकमा नाङ्गा गोठाला

  • नागरिक रैबार
गरिबीको सजीव तस्बिर, घनघस्याको चिसो लेकमा नाङ्गा गोठाला

गोकर्ण दयाल, धनगढी: साउने झरीमा रुझ्दै नौ वर्षकी आरती भण्डारी घनघस्याको लेकमा नाङ्गै गोठाला हिँड्छिन्। आरतीसँग जीउ ढाक्ने लुगा छैन, न त ओढ्ने छाता नै छ। घरमा खान पुग्दैन । स्कुल पढ्न कापी–कलम, पोसाक र झोला त निकै परको सपना जस्तो छ। यो पीडा डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका–१, खतेडा गाउँकी आरती भण्डारीको हो।

छिनमै पानी पर्ने, छिनमै कुहिरोले ढाकिने घनघस्याको लेकजस्तै चिसो सपना बोकेर आरती भण्डारी गोठालो हिँडेकी छिन्। “बुवाका हात राम्ररी चल्दैनन्। घरमा अन्न छैन, आरतीले भनिन्, “फाटेको एउटा सुरुवाल थियो, त्यो पनि गाईले खाईदियो। मसँग अन्य लुगा छैन। त्यसैले नाङ्गै हिँडेकी हुँ।”

आरतीका १२ वर्षीय दाइ पारस भण्डारीसँग पनि अरुले दिएको जिउमा नमिल्ने एकदमै लामो एकसरो जडौरी लुगा मात्र छ। बहिनीसँगै गाई चराउन घनघस्याको लेकमा भेटिएका पारस भण्डारीले लुगा किनीदिनू भन्दा बुवाले गाली गर्ने गरेको बताए। “घरमा दुई जना अरु भाइबहिनी पनि छन्। एकछाक खान त पुग्दैन ! लुगा कसले किनिदिन्छ र ?” पारसले भने।

बैतडीको पाटन नगरपालिकासँग जोडिएको डडेल्धुराको अजयमेरु गाउँपालिका–१, खतेडा गाउँका यी बालबालिकाको भविष्य घनघस्याको उकालोजस्तै कठिन बनेको छ। पढ्ने, लेख्ने र खेल्दै रमाउने उमेरमा दुःखको पहाड बोकेर भोकै नाङ्गै हिँड्नुपरेको छ।

आरतीको गाउँनजिकै घनघस्या माध्यमिक विद्यालय छ तर नौ वर्षीय आरती भण्डारीले अहिलेसम्म विद्यालय टेक्न पाएका छैनन्। स्थानीय तहको सरकारले गाउँमा डोजर ल्याएर सडक खनेको छ तर, गरिब, विपन्न बालबालिको शिक्षा, खानपान र भविश्यको बारेमा केही नगरेको बालिकाका बुवा नारसिंह भण्डारीले बताए।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र रहेको डडेल्धुराको अजयमेरु गाउँपालिकामा भोकमरी र गरिबीले बालबालिकाको यस्तो अवस्था रहेको स्थानीय विद्यार्थी पवन भण्डारीले बताए। अरु पार्टीले गर्न नसकेको काम आफूले गर्ने प्रतिबद्धता जनाएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराका युवा नेता उमेश भट्ट (विकास)ले स्थानीय तहको निर्वाचनमा अजयमेरु गाउँपालिकाको अध्यक्ष जिते। चुनाव जितेपछि नेकपाका नेता भट्टले पनि गरिब निमुखाको लागि केही काम गर्न नसकेको स्थानीय दीपकसिंह भण्डारीले बताए। “अध्यक्ष भट्टले गाउँमा सडक पुर्याउने काम गरे पनि गाडी चल्दैनन्”, भण्डारीले भने।

स्थानीय तहको निर्वाचनमा अजयमेरु गाउँपालिका–१, को वडा अध्य पदमा निर्वाचित नेपाली काँग्रेसका स्थानीय नेता दत्ती भण्डारीले बालबालिको अवस्था नाजुक भएको बताए। वडा अध्यक्षमा चुनाव जितेपछि गरिब, विपन्नका लागि योजना बनाउने सोच बनाए पनि गर्न नसकको भण्डारीले स्वीकार गरे।

खान लगाउन समस्या भएर नाङ्गै हिँडेकी आरती भण्डारीको विषयमा वडा कार्यालयबाट गाउँपालिकामा अहिलेसम्म कुनै जानकारी नआएको गाउँपालिका अध्यक्ष उमेश भट्ट (विकास) ले बताए। “बालालिकाको बारेमा तुरुन्तै बुझेर गाउँपालिकाबाट हुन सक्ने सहयोग गर्छौं” अध्यक्ष भट्टले भने। –गोरखापत्रबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै