काठमाडौं: कोरोना संक्रमण पुष्टि भएका प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले काठमाडौंमा प्रहरी महानिरीक्षक, गृहमन्त्री, कानुन मन्त्री र प्रधानमन्त्रीलाई पनि भेटेको खुलेको छ।
मन्त्री यादव साउन १४ प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन काठमाडौं आएका थिए। काठमाडौंमा केही दिन बसेर जनकपुर फर्किएका यादवमा बुधबार राति कोरोना संक्रमण पुष्टि भएको थियो।
मन्त्री यादवले साउन १९ गते स्वाब दिएका थिए। उनीसँगै चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र सशस्त्र प्रहरीका एक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ।
एकजना व्यक्तिलाई कोरोना पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएकाहरुको पनि कोरोना परीक्षण गर्ने गरिन्छ। उनको पनि कन्ट्याक्ट ट्रेसिङ प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।
फेसबुक प्रतिक्रियाहरु