होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • १० लाख घूससहित इन्जिनियर जैसवाल पक्राउ
अपराध

१० लाख घूससहित इन्जिनियर जैसवाल पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
१० लाख घूससहित इन्जिनियर जैसवाल पक्राउ
साँकेतिक तस्विर

काठमाडौं, २० कात्तिक। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले १० लाख घूस रकमसहित विधुत् प्राधिकरणका इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई रगेंहात पक्राउ गरेको छ ।

हेटौँडा–भरतपुर–वर्दघाट  प्रसारण लाइन आयोजनामा कार्यरत  नवौ तहका इन्जिनियर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको जनाएको छ । प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले पक्राउ गरेको आयोगको कार्यालयले जनाएको छ ।

हेटौँडाको बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरिएको हो । ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इन्जिनियर जैसवालले १० लाख रकम मागेका थिए । उक्त अवैध रकम होटलमा लिने क्रममा उनी पक्राउ परेको आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिए  ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै