होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाइडनले पाए अमेरिकाको इतिहासमा सबैभन्दा धेरै भोट
समाचार

बाइडनले पाए अमेरिकाको इतिहासमा सबैभन्दा धेरै भोट

  • नागरिक रैबार
बाइडनले पाए अमेरिकाको इतिहासमा सबैभन्दा धेरै भोट

२० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपतिका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले अहिलेसम्म अमेरिकाको निर्वाचनमा कुनै पनि राष्ट्रपतिका उम्मेदवारले पाएको भन्दा धेरै भोट पाएका छन् ।

न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म बाइडनले ७ करोड १९ लाख २२ हजारभन्दा धेरै मत पाइसकेका छन् । यसअघि सबैभन्दा धेरै मत ल्याउने कीर्तिमान सन् २००८ को राष्ट्रपतीय निर्वाचनमा बाराक ओबामाले राखेका थिए । उनले ६ करोड ९४ लाख ९८ हजारभन्दा धेरै मत ल्याएका थिए । उनकै पालाका उपराष्ट्रपति बाइडनले अहिले ओबामाको कीर्तिमान तोडेका हुन् ।

 

अहिलेसम्मको मतगणना सकिँदा बाइडनले अर्का उम्मेदवार डोनाल्ड ट्रम्पले भन्दा धेरै भोट पाइसकेका छन् । ट्रम्पले अहिलेसम्म ६ करोड ८३ लाख १५ हजारभन्दा धेरै मत पाएका छन् । अझै मतगणना सकिएको छैन । अझै लाखौं मत गन्न बाँकी रहेकाले दुवै उम्मेदवारले सन् २००८ मा ओबामाले राखेको कीर्तिमान तोड्न सक्ने अनुमान गरिएको छ ।

यसपटकको निर्वाचनमा धेरै मानिसहरुले विभिन्न माध्यमबाट सहभागिता जनाएको कारण दुवै उम्मेदवारले उल्लेख्य मत पाएका हुन् ।

सन् २०१६ मा हिलारी क्लिन्टनले ट्रम्पलेभन्दा करिब ३० लाख बढी मत पाएकी थिइन् । तर, निर्वाचनमा भने उनी पराजित भएकी थिइन् ।

स्रोत : सीबीसीन्युज

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ७ दिन अगाडि

भर्खरै