होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भारतीय सेना प्रमुख नरवणे सोलुखुम्बु जाँदै, सगरमाथाको दृश्य अवलोकन गर्ने
समाचार

भारतीय सेना प्रमुख नरवणे सोलुखुम्बु जाँदै, सगरमाथाको दृश्य अवलोकन गर्ने

  • नागरिक रैबार
भारतीय सेना प्रमुख नरवणे सोलुखुम्बु जाँदै, सगरमाथाको दृश्य अवलोकन गर्ने

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे आफ्नो तीनदिने नेपाल भ्रमणको क्रममा सोलुखुम्बु पनि जाने भएका छन् । शुक्रवार विहान उनि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका जाने अनौपचारीक कार्यक्रम तय गरिएको हो ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको होटल एभरेष्ट भ्यू बाट नरवणेले सर्वोच्च शिखर सगरमाथाको दृश्य अवलोकन गर्ने सैन्य स्रोतले जनाएको छ । होटल एभरेष्ट भ्यूमा ब्रेकफास्ट कार्यक्रम राखिएको छ । जापानी नागरिकले बनाएको सो होटल समुन्द्री सतहबाट ८ हजार ८ सय ८० मिटर अग्लो ठाउँमा छ । त्यहाँबाट सगरमाथा नजिक देखिन्छ । छोटो सयम दृश्यावलोकन पछि उनि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं फर्कनेछन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ को नाम्चेबजार बाट पैदल हिँडेर सो होटलमा करिब १ घण्टामा पुगिन्छ । नरवणेको सोलुखुम्बु भ्रमणको कार्यक्रम नेपाली सेनाले सार्वजनिक गरेको छैन ।

‘मौसमले साथ दिए उहाँ सोलुखुम्बु जानुुहुन्छ, तर कार्यक्रम निश्चित भैसकेको छैन्’ नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले भने–‘मौसम अनुकुल भएका उहाँको एक प्रकारको माउन्टेन फ्लाईट जस्तो अनौपचारिक भ्रमण हुन्छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै