होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विभूषण अब वर्षमा ९५ जनालाई मात्र, नातेदार सिफारिस गर्न नपाइने
समाचार

विभूषण अब वर्षमा ९५ जनालाई मात्र, नातेदार सिफारिस गर्न नपाइने

  • नागरिक रैबार
विभूषण अब वर्षमा ९५ जनालाई मात्र, नातेदार सिफारिस गर्न नपाइने

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार भएको सफल मिर्गौला प्रत्यारोपण आजका सबै दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेका छन् । कोराना त्रास र यसले सिर्जित समस्याबारे पनि पत्रपत्रिकाहरूले चर्चा गरेका छन् । यसबाहेक सेक्युरिटी प्रेस, विभूषणलगायत विषयमाथि पनि अखबारहरूले नजर लगाएका छन् ।

‘प्रत्यारोपणपछि प्रधानमन्त्रीले भने– ठीक छु’ शीर्षक दिएर नयाँ पत्रिकाले प्रधानमन्त्रीको सफल मिर्गौला प्रत्यारोपणबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ठीक भएको प्रतिक्रिया दिएका छन् ।

प्रत्यारोपणमा संलग्न सर्जन प्रा.डा. प्रेम ज्ञवालीसँग पनि नयाँ पत्रिकाले कुराकानी गरेको छ । कुराकानीमा उनले अप्रेसन थिएटरमा जानुअघि प्रधानमन्त्रीले चिकित्सकीय टोलीसँग पूर्ण भरोसा जनाएको बताएका छन् ।

विज्ञापन

यही समाचारमा ओलीलाई मिर्गौला दन दिने समीक्षाले मामाको मुख हेरेर भन्दा पनि देशको भविष्य हेरेर मिर्गौला दान गर्ने निर्णय लिएको बताएकी छन् ।

विभूषणसँग सम्बन्धित अर्को खबर पनि नयाँ पत्रिकामा छ । नयाँ पत्रिकाका अनुसार अब वर्षमा ९५ जनाले मात्र विभूषण पाउने भएका छन् । यसअघि प्रदेशले पनि पदक दिएकोमा अब दिन नपाउने भएको छ ।

सरकारले विभूषणसम्बन्धी नयाँ ऐन ल्याउँदै छ । संख्या तोकेर र छनोट कार्य पारदर्शी बनाई विभूषणलाई ओजपूर्ण बनाउने उद्देश्यसहित नयाँ ऐन ल्याउन लागिएको समाचारमा उल्लेख छ ।

सरकारी मुखपत्र गोरखापत्रले पनि यही ऐनबारे समाचार बनाएको छ । समाचार अनुसार आफू र आफ्ना नातेदारलाई सरकारले दिने मानपदवी सिफारिस गर्ने प्रचलन अन्त्यको प्रस्ताव गर्दै विभूषणसम्बन्धी नयाँ विधेयकको मस्यौदा सार्वजनिक गरिएको छ ।

कान्तिपुरले प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको लेखेको छ । समाचार अनुसार प्रत्यारोपणमा संलग्न चिकित्सकहरूले ४–५ दिनमै प्रधानमन्त्री डिस्चार्ज हुने बताएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार