होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेपालमा अहिले सम्मकै बढी संक्रमित भेटिए !
देश/प्रदेश

नेपालमा अहिले सम्मकै बढी संक्रमित भेटिए !

  • नागरिक रैबार
नेपालमा अहिले सम्मकै बढी संक्रमित भेटिए !

काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या लगातार बढ्ने क्रममा रहेको छ। नेपालभर आज अहिले सम्मकै बढी कोरोना संक्रमित फेला परेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा एक हजार तीन सय भन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन्।शुक्रबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरमा थप एक हजार तीन सय ५९ जनामा कोरोनाको पुष्टि भएको जानकारी दिए।

पछिल्लाे २४ घण्टामा १३ हजार ६ सय ३८ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार तीन सय ५९ जनामा काेराेनाकाे सङ्क्रमणको पुष्टि भएको गौतमको भनाई छ। यो अहिले सम्मकै उच्च संख्या हो। थप पुष्टि सँगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४४ हजार दुई सय ३६ पुगेकाे छ ।

विज्ञापन

यस्तै गएको २४ घण्टामा एक हजार तीन सय ५४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या २५ हजार पाँच सय ६१ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि