नागरिक रैबार
बाजुरा २२ जेठ
कोरोनाको संक्रमणबाट मृत्यु भएकी बालिका र उनकी आमाको उपचारमा सलग्न भएका पाँच जना स्वास्थ्यकर्मीको आर डिटिटी पिसिआर रिपोट नेगेटिभ आएको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाः रुपचन्द्र विश्वकर्माले बताएका छन् ।
उहाँका अनुसार मार्तडीमा रहेको आईसोलेशनमा खटिएका पाँच जना स्वास्थ्यकर्मीहरुका आर डिटिटी पिसिआर रिपोट नेगेटिभ आएको हो ।
पाँच जना स्वास्थ्यकर्मीहरुको मार्तडीबाट स्वाव संकलन गधनगढी पठाईएको थियो ।
गत आईतबार विहान बुढीगंगा १ कि २ वर्षिया बालिकाको कोरोना संक्रमणका कारण जिल्ला समन्वय समितिको आईसोलेसनमा मृत्यु भएको थियो । उनकी २३ वर्षिया आमामा पनि कोरोना पोजेटिभ देखिएको थियो । उनी अहिले आइसोलेशनमा उपचाररत अवस्थामा छन् ।
फेसबुक प्रतिक्रियाहरु