होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आगोमा गयाे एक बालकको ज्यान
समाचार

आगोमा गयाे एक बालकको ज्यान

  • नागरिक रैबार
आगोमा गयाे एक बालकको ज्यान

फागुन २१ सल्यान ।  आगोले जलेर सल्यानमा एक बालकको ज्यान गएको छ। जिल्लाको शिद्धकुमाख गाउपालिका वडा नं. १ बाँझकाँडाका रत्नलाल बुढाथोकीका ११ बर्षीय छोरा दुर्गा बहादुर बुढाथोकीको ज्यान गएको हो।

मंगलबार बेलुका साढे ८ बजे बुढाथोकीको घरमा आगलागी भएपछि आगो नियन्त्रण पश्चात बालक बुढाथोकीको शव घरको माथिल्लो तल्लामा जलेको अबस्थामा भेटिएको सल्यानका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक लक्ष्मण वलीले जानकारी दिए।

घरमा आगलागी भएपछि घरका सम्पुर्ण सामानहरु निकालिएको र आगो नियन्त्रण भईसकेपछि घरको सबै भन्दा माथिल्लो तलामा हेर्न जाँदा बालक जलेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।

विज्ञापन

आगो कस्ले किन लगाएको भन्ने एकिन नभएपनि जलेर मृत भेटिएका बालकको छेउमा सलाई भटिएकोले बालक आफैंले आगो लगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।  मृतक बालकलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्यान ल्याउने तयारी भईरहेको प्रहरी जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार