होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राहत बोकेर मुख्यमन्त्री भट्ट बाढी पीडित क्षेत्रमा
समाचार

राहत बोकेर मुख्यमन्त्री भट्ट बाढी पीडित क्षेत्रमा

  • नागरिक रैबार
राहत बोकेर मुख्यमन्त्री भट्ट बाढी पीडित क्षेत्रमा

बाजुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको उच्चस्तरिय टोली बिहीबार बिहानै अछाम र बाजुरा पुगेका छन् ।  धनगढीबाट बाढी पहिरो पीडीतका लागि राहत बोकेर मुख्यमन्त्री भट्टको टोली बाढी पीडित क्षेत्रमा पुगेका हुन् ।

मुख्यमन्त्री भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाह र प्रमुख सचिवसहितको टोली नेपाली सेनाको हेलिकप्टरमार्फत अछामको रामारोशन गाउँपालिका– ५ सैनी बजार र बाजुराको त्रिवेणि नगरपालिकाको मालागड बढिमालिकाको घागर, बुढीगंगा, मार्तडि गौमुल र कोल्टीलगायतका ठाउँका बाढी प्रभावित परिवारहरुका लागि राहत सामग्री लिएर आएको आन्तरीक मामिला तथा कानून मन्त्री प्रकाश शाहका स्वकीय सचिव जंग विकले बताए ।

उनका अनुसार मुख्यमन्त्रीसहितको टोलीले बाढीले घर बगाएका परिवारहरुको लागि त्रिपाल र कम्बल जस्ता आवश्यकीय सामग्री साथै टोलीले मृतक परिवारलाई घोषणा गरेको एक लाख रुपैयाँ राहत पनि हस्तान्तरण गर्नेछ । गत साउन २५ गते राति बाजुरामा आएको बाढी पहिरोले खागरकी ६५ वर्षिया ऐसेनि महत र भदौ ३ गते राति अछामको कैलाश खोलामा आएको बाढीले किनारमा रहेको सैनी बजारका १७ घर बगाएको थियो ।

विज्ञापन

उक्त घटनामा परी ८ जनाले ज्यान गुमाएका थिए भने ९ जना अझै बेपत्ता छन् । यसैगरी साउन अन्तिम साता र भदौ ३ गते बाजुराको गौमुल गाउँपालिका, त्रिवेणी नगरपालिका, बुढीगंगा नगरपालिका लगायतका ठाउँमा ठूलो क्षति पुर्याएको थियो । त्यस्तै भदौ तीन गते राति कोल्टी क्षेत्रमा आएको बाढीले बुढीनन्दा नगरपालिका– ६ दैयाकी झिमा लुवारको पनि बाढीले बगाएर मृत्यु भएको थियो । मुख्यमन्त्रीसहितको टोलिले आज बाढी पीडितलाई राहत दिने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै