होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बागलुङमा बाढी : ८ शव भेटिए, १३ जना बेपत्ता
समाचार

बागलुङमा बाढी : ८ शव भेटिए, १३ जना बेपत्ता

  • नागरिक रैबार
बागलुङमा बाढी : ८ शव भेटिए, १३ जना बेपत्ता

१८ भदौ, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ । १३ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घटना स्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार बेपत्ता र मृतकको संख्या बढ्न सक्छ । ‘बाढी पीडित परिवारका सदस्यले दिएको जानकारीअनुसार बेपत्ताको संख्या बढ्न सक्ने अनुमान छ,’ रेग्मीले भने ।

विज्ञापन

अविरल वर्षासँगै गएराति १२ बजेको तिर आएको बाढी वस्तीमा पसेको थियो । सुकुर्दुङस्थित भुजी खोलाको बाढीले १३ घर बगाएको छ ।

बाढीले विद्यालय, जलविद्युत आयोजना, झोलुङ्गे पुलहरुमा पनि क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार