होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • सामाजिक सञ्जालमा विज्ञापन गर्न रोक
सूचना-प्रविधि

सामाजिक सञ्जालमा विज्ञापन गर्न रोक

  • नागरिक रैबार
सामाजिक सञ्जालमा विज्ञापन गर्न रोक

नेपाल राष्ट्रबैंकले फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युबलगायतका सामाजिक सञ्जालमा विज्ञापन गर्न रोक लगाएको छ। सामाजिक सञ्जालमार्फत विज्ञापन गरे विदेशी विनिमय मुद्राको अपचलनको मुद्दा लाग्ने राष्ट्रबैंकले जनाएको छ।

राष्ट्रबैंकले शुक्रबार विज्ञप्ति जारी गरी इन्टरनेटका माध्यमबाट सामाजिक सञ्जालका सञ्चालक कम्पनीलाई रकम पठाउने कार्य गैरकानुनी भएकाले आगामी दिनमा कसैले यस्तो काम गरेमा विदेशी विनिमय ऐन, २०१९ र प्रचलित कानुनबमोजिम कडा कारबाही हुने जनाएको छ।

‘अनलाइनमार्फत हुने विज्ञापन रोक्ने हाम्रो उद्देश्य होइन’, नेपाल राष्ट्रबैंक विदेशी मुद्रा विनिमय विभागका प्रमुख गुरुप्रसाद पौडलले भने, ‘तर गैरकानुनी रुपमा हुँदै आएको अनौपचारिक कारोबारलाई औपचारिक गर्न खोजिएको हो।’ सामाजिक सञ्जाललगायत अनलाइन पोर्टलहरुले सामाजिक सञ्जालमामार्फत विज्ञापन गर्दा बैंकमार्फत भुक्तानी गरुन् भन्ने उद्देश्यले नयाँ निर्देशन जारी गरेको उनले बताए ।

विज्ञापन

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार