होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, भदौ २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा
समाचार

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा

  • नागरिक रैबार
प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा

काठमाडौँ– प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

अध्यक्ष प्रचण्ड साढे ९ बजे बालुवाटार पुगेका थिए । भेटवार्ताको विषय खुलाइएको छैन । सचिवालयले भने पार्टीको आन्तरिक छलफल भनेको छ । तर प्रधानमन्त्री ओलीले राजदूत नियुक्तिमा एकलौटी गरेकोलगायत विषयमा छलफल हुने स्रोतको दाबी छ।

प्रधानमन्त्रीले आफ्ना आर्थिक सल्लाहकारसमेत रहेका पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत नियुक्त गर्न बिहीबार मन्त्रिपरिषदबाट सिफारिस गरेका थिए।

विज्ञापन

राजनीतिक नियुक्ति हुँदा पार्टीमा छलफल गर्ने स्थायी कमिटी बैठकको निष्कर्ष रहेको भन्दै केही सचिवालय सदस्यले मन्त्रिपरिषदको बिहीबारको निर्णयको विरोध गर्दै आगामी सचिवालय बैठकमा यसबारे कुरा उठाउने बताएका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार