निमेन्द्र शाही/बाजुरा १७ भदाै। सदरमुकाम मार्तडीका ब्यापारीले आफु संग पछिल्लो समय मैजात सामान नभएकोले ग्राहकहरुको आवश्यकता अनुसार सामान दिन नसकेको बताएका छन्। अब चाँडो बाटो नखोलेमा पसल बन्द गर्नु पर्ने गुनासो गरेका हुन्।
असार पहिलो साता बाट साँफे मार्तडी सडक खण्ड पहिरोका कारण अबरुद्धभएका कारण सदरमुकाम मार्तडी आउँने कुनैपनि सामाग्री आउँन सकेको छैन। यहि समयमा पछिल्लो समय ब्यापारीहरुले खच्चर र मान्छे बाट महंगो भाडा तिरेर केही समान ढुवानी गरीरहेका छन्। बाटो बन्द हुँनु पुर्ब र अहिलेको बजार मुल्य धेरै फरक भएको गुनासो आएको कुरा प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताएका छन्।
‘हामी संग स्टक सामाननै छैन, खच्चरमा सामान ल्याउँनु परेको छ। पहिले गाडीले ल्याएको रेटमा कसरी समान दिन सकीन्छ।,राज्यले चाँडो भन्दा चाँडो बाटो बनाई दिए पछि मात्र यो समस्या समाधान हुृन्छ।’ हाटबजारका ब्यापारी आनन्द जोशीले बताए।
‘ब्यापारी हरु संग सामान छैन,बाटो चाँडो बन्ला जस्तो छैन, सरकारी निकाय राजनैतिक दलहरुले बाटो बनाउँन पहल गरी दिनु पर्यो । ब्यापारी हरु सामान आफै पाईरहेका छैनन्। ग्राहकलाई दिने कुरा त पछिको छ। यहाँ बजारमा सामानको हाहाकार छ।, एक दुई प्याकेट सामान ल्याएर बेच्नु परेको छ।’ उद्योग बाणिज्य संघ बाजुराका अध्यक्ष देब बहादुर रोकायाले बताएका छन्।
पछिल्लो समय सस्तो लोकप्रीयताका लागि एक दुई केजी चामल दिएर बिपत्तीमा परेकाहरुलाई बिभिन्न संस्थाको नाममा राहात बाडेको प्रचार गरीएको छ । यो निति संगत नभएकोले यो राहात बाँड्ने अधिकार अरु संग नभएकोले यसो नगरीदिन समेत प्रमुख जिल्ला अधिकारीले आग्रह गरेका छन्।
यस बारेमा गैर सरकारी महाँसंघ बाजुराका अध्यक्ष अग्निराज शाहीले भनेः‘हाम्रो जिल्ला बाट कियर नेपालको सहयोगमा गिफ्ट बाजुरा, सेभद चिल्डे्रनको सहयोगमा पिसविन र आईएनएफ बाजुराले प्रशासनको अनुमतिमा राहात बाँडेका छन् अरु कहाँ कहाँ बाट आएर राहात बाँडेका छन् त्यसको खबरदारी जिल्ला प्रशासनले गर्नु पर्छ। जिल्लाका संस्थाको जिम्मा हामीले लिन्छौं ।’
बुधबार बडिमालिका नगरपालिकाको आयोजनामा बजारमा म्याद गुजे्रेका र गुस्तरहिन सामाग्रीको बिक्री बितरण भएको भन्दै उपभोक्ता सचेतीकरण कार्यशाला गरीएको थियो । उक्त कार्याक्रमा जन प्रतिनिध,ब्यापारी र सरकारी निकायका प्रतिनिधी बिच समस्या समाधानका लागि छलफल भए हो।
फेसबुक प्रतिक्रियाहरु