अछाम – अछाममा बुधबार एकैदिन ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार साँफेबगर नगरपालिकाका चार जना र रामारोशन गाउँपालिकाका ८२ जना गरी ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाे हाे ।
बुधबार ८६ जना थपिएसँगै अछाममा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई सय ७६ पुगेको छ ।
फेसबुक प्रतिक्रियाहरु