होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • असिनाले हिउँदेबालीमा नोक्सान, किसान चिन्तित
समाज

असिनाले हिउँदेबालीमा नोक्सान, किसान चिन्तित

  • नागरिक रैबार
असिनाले हिउँदेबालीमा नोक्सान, किसान चिन्तित

डोटी – डोटीको पूर्वीचौकीमा शनिबार साँझ परेको असिना पानीले हिउँदे बाली नष्ट गरेको छ ।गहुँ, जौँ, तोरी, तरकारी लगायतका बालीमा असिना पानीले नोक्सानी पुर्‍याएपछि किसान चिन्तित बनेका छन् ।

‘साँझ एकाएक परेको असिनाले यहाँका गहुँ, जौँ, तोरी र तरकारीबाली पूरै सखाप पार्‍यो ।’ पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले भने,’ क्षतिको मूल्याङ्कन हुन बाँकी नै छ ।’

जिल्लाका लेकाली क्षेत्रका कृषकहरु निर्वाहमुखी खेतीमा आश्रित छन् । असिनापानीले फुलेको तोरी र पाक्नै लागेको गहुँ, जौँखेतीमा क्षति पुर्‍याएपछि निराश भएको स्थानीय भरतबहादुर बोहराले बताए ।

गएको महिना बाक्लो हिमपात भएका कारण गहुँ, जौँलागयतका अन्य बाली सप्रिने आशामा खुशी भएका यहाँका किसान शनिबार परेको असिनाले पाक्नै लागेको खाद्यान्न बालीमा क्षति पुर्‍याएपछि  निरास भएका छन् ।

विज्ञापन

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले पूर्वीचौकी गाउँपालिका सहित अन्य स्थानमा असिनाले कहाँ के–कति क्षति पुर्‍याएको छ भन्नेबारे जानकारी लिइदै गरेको जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार