नागरिक रैबार/बाजुरा १४ मंसिर । जिल्लाको त्रिवेणीमा शान्तिपूर्ण वातावरणमा जारी उपनिर्वाचन अन्तर्गत ४१ प्रतिशत मत खसेको छ । त्रिवेणी नगरपालिका –१ मा भईरहेको उपनिर्वाचनमा दिउँसो १२ बजे सम्म ४ सय २६ मत खसेका छ ।
१ हजार ३९ मतदाता रहेको त्रिवेणी वडा नं.१ मा ४१ प्रतिशत मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी विशाल पुडासैनीले नागरिक रैबारलाई जानकारी दिनुभएको छ । त्रिवेणी नगरपालिका वडा नम्बर १ को उपचिर्वाचनमा ३ जनाले उम्मेद्धारी दिएका छन । शान्तिपूर्ण, मर्या्िदत र सहजरुपले मतदान भैरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु